• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

निषेधाज्ञा: मजदुरलाई छाक टार्नै मुस्किल

धनगढीः दोस्रो चरणको कोभिड १९ का कारण सरकारले गरेको बन्दाबन्दीका कारण जिल्लामा दैनिक मजदुरी गरी खाने वर्गलाई दैनिक छाक टार्नै मुस्किल बन्दै गएको छ । बन्दाबन्दीले काम नपाउँदा उनीहरुलाई निकै समस्या उत्पन्न भएको छ । सरकारले गरेको बन्दाबन्दीले उनीहरुले दैनिक गर्दै आएको काम बन्द भएका कारण साँझ बिहान हातमुख जोड्नसमेत धौधौ परेको छ ।

पहिलो चरणको कोरोना सङ्क्रमणका बेला भएको बन्दाबन्दीको समयमा अधिकांश सङ्घसंस्थाले यहाँका मजदुरी गरी खाने वर्गलाई खाद्यान्नलगायतका राहत वितरण गरेको भए पनि यसपटकको बन्दाबन्दीमा कसैले पनि राहत नदिएका कारण आफूहरुलाई हातमुख जोड्नसमेत मुस्किल पर्दै आएको दिपायल सिलगढी नगरपालिका–४ का श्यामबहादुर बादीले गुनासो गरे । उनले भने, “हामी त दैनिक काम गरेर खाने मान्छे, कोरोनाले सबै क्षेत्र बन्द भए, हामीले काम पाएनौँ, काम नपाउँदा कसरी छाक टार्ने यही समस्याले पिरोलेको छ ।”

जिल्लाको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित सेती प्राविधिक शिक्षालय नजिकको सरकारी जमिनमा बस्दै आएका यहाँका जमिनविहीन बादी समुदायका व्यक्तिलाई बन्दाबन्दीले सबैभन्दा बढी सताएको छ । जमिन नभएका कारण खेतीपातीको काम गरेर पनि खान नसक्ने अवस्थाका उक्त ठाउँका कम्तीमा पनि आठ परिवार बादी समुदाय ज्याला मजदुरी काम गर्दै परिवार पाल्दै आएका थिए ।

वर्षौँ पहिलेदेखि सुकुम्बासी भएर उक्त क्षेत्रमा बसोबास गर्दै आएका बादी समुदायका परिवारलाई कोरोनाका कारण भएको बन्दाबन्दीले निकै सताएको दिपायल सिलगढी नगरपालिका–४ का कुल्पातेका स्थानीयवासी खड्गप्रसाद अग्रवालले जानकारी दिए । उनका अनुसार बन्दाबन्दीले काम नपाउँदा यहाँका बादी समुदायलाई गाउँगाउँमा गएर मागेर पेट पाल्नुपर्ने अवस्था सिर्जना भएको छ ।

बादी समुदायजस्तै यहाँको गैरा, ढोलपडा, घोलतडा, पिपल्ला, दिपायललगायतका क्षेत्रका दैनिक मजदुरी गरी छाक टार्दै आएका दलित परिवारलाई पनि छाक टार्न मुस्किल बन्दै गएको राजपुरका स्थानीयवासी नरेन्द्रबहादुर शाहले बताए । उनले भने, “कोरोनाको बन्दाबन्दीले जिल्लामा सबैलाई समस्या नै छ, विशेषगरी यहाँका जग्गा जमिन नभएका दलित परिवारलाई पेट पाल्न निकै समस्या भएको छ, राहत पनि कसैले दिँदैनन्, रोगभन्दा भोकले मर्ने चिन्ता उनीहरुमा बढेको छ ।”

यहाँका मजदुरी गरी खाने वर्गलाई स्थानीय सरकारले समेत राहतका लागि अहिलेसम्म पनि कुनै पहल नचालेकाले झनै समस्या भएको बताइएको छ । राजपुरस्थित बागनेटीमा ज्यामी काम गर्दै आएका धनीराम ओडले दोस्रो चरणको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि शुरु भएको लकडाउनमा काम गर्न नपाउँदा भोकै बस्नुपर्ने अवस्था आएको बताए ।

ओडजस्तै यहाँका दैनिक सिकर्मी तथा डकर्मीको काम गर्दै आएकाहरुले पनि बन्दाबन्दीका कारण काम गर्न नपाएपछि उनीहरुलाई दैनिक छाक टार्न समेत मुस्किल परिरहेको छ । उनीहरुलाई कोभिड–१९ को सन्त्रासभन्दा पनि भोकभोकै मरिन्छ कि भन्ने चिन्ता बढी छ ।

बन्दाबन्दीले काम गर्न नपाउँदा आफूलाई घर खर्च चलाउन निकै समस्या परेको यहाँका मजदुरी गरी खाने वर्गको भनाइ छ । उता दिपायल सिलगढी नगरपालिका–४ का वडाध्यक्ष वीरेन्द्रबहादुर शाहले मजदुर वर्गलाई परेको समस्या समाधानका विषयमा छलफल भइरहेको र आवश्यक राहत जुटाउनका लागि पहल भइरहेको बताए । उनले भने, “हाम्रो नगरपालिकामा दैनिक मजदुरी गरी खाने वर्गलाई बन्दाबन्दीले निकै समस्या भएको छ, उनीहरुलाई राहत वितरणका लागि पहल भइरहेको छ, सम्भवतः चाँडै समस्या समाधान हुन्छ ।” रासस

 

बुधबार, जेठ ०५, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.