• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बिरानो गाउँ हौसलपुर : जहाँका विद्यार्थी भारतीय राष्ट्रिय गान गाउँछन्

धनगढी: कैलालीको कैलारी गाउँपालिका ७ को मोहना नदीपारि एउटा नेपाली वस्ती छ, हौसलपुर । सो गाउँका नागरिकप्रति नेपालभन्दा भारतको माया बढी छ । किनकी उनीहरुको पहुँच नेपालभन्दा भारतमै बढी छ । हौसलपुरका २८ घरधुरी पूर्ण रुपमा भारतमै निर्भर छन् ।

भारतको दुदुवा नेसनल पार्कसँग जोडिएको छ, हौसलपुर गाउँ । मोहनापारिको करिब ४०र५० हेक्टर क्षेत्रफलमा रहेको यो थारु बस्ती वर्षौंदेखि गुमनामजस्तै छ । उनीहरुको नेपाल सम्बन्ध सरकारी कामकाजसँग मात्रै सीमित छ । अझ भन्नु पर्दा, नागरिकता बनाउनका लागि मात्रै उनीहरु जिल्ला सदरमुकाम धनगढी पुग्छन् । भारतीय बस्तीसँग हौसलपुरवासीको अर्मपर्मदेखि ऐँचोपैँचोसमेत चल्छ । भारतको बेलापुरसुवा बस्तीसँग यो गाउँको सिमाना खेतको आली मात्रै छ ।

वारि डगौरा थारूको बस्ती छ भने पारि भारतीय गाउँमा कठरिया थारूको । रहनसहन वेशभूषा सबै मिल्छ, तर उता राज्यबाट पाउने सबै सुविधा गाउँलेले पाउँछन् भने यताका गाउँका कतिपयलाई ‘नेपाली हौं’ भन्ने पनि जानकारी छैन । हौसलपुर वर्षौंदेखि राज्यको उपेक्षामा छ, सरकारी सेवासुविधाविहीन छ । गाउँको जनसंख्या चार सयभन्दा बढी छ । विद्यालय, खानेपानी, स्वास्थ्य संस्था, बिजुलीलगायत राज्यबाट पाउने कुनै पनि सुविधा उनीहरुले पाएका छैनन् ।

डेढ सयभन्दा बढी बालबालिका सीमापारिको विद्यालयमा पढ्छन् । आफ्नो देशबारे उनीहरूलाई केही जानकारी नै छैन । कक्षा ९ मा पढ्ने नीता चौधरी आफूले वडा कार्यालयसमेत नदेखेको बताउँछिन् । गाउँका कुनै पनि बालबालिकालाई नेपाली भाष बोल्न आउँदैन । ‘मोहनापारि जाने काम पर्दैन,’ नीताले हिन्दीमै भनिन्, ‘वर्षातका बेला जान सकिँदैन, अरू बेला पनि खासै जाने काम पर्दैन ।’

मोहना नदीमा पुल बनाएपछि मात्रै नेपालसँगको सम्बन्ध जोडिने स्थानीय कालुराम डगौरा बताउँछन् । पाँच दशकअघि मात्रै बसेको यो बस्तीलाई नेपालको नक्सामा जंगल जनाइएको छ । सीमामा बस्ने नेपालीको अस्तित्व नेपाल सरकारको उपस्थिति देखिन आवश्यक रहेको डगौराको भनाइ छ । उनी भन्छन्, ‘गाउँको लालपुर्जा दिनुपर्‍यो । स्कुल, स्वास्थ्यचौकी, सीमा प्रहरीचौकी राख्नुपर्‍यो ।’

उनीहरूको गाउँदेखि सहरसम्मको सम्बन्ध भारतसँग छ । त्यसैले उनीहरूले चलाउने सवारी साधनदेखि खेत जोत्ने ट्याक्टरसम्म भारतीय नम्बर प्लेटका छन् । उत्पादन भएको अनाज बिक्री र दैनिक उपभोग्य वस्तुको किनमेल पनि भारतीय बजारमै हुन्छ । सबै कामका लागि भारतकै निर्भर रहेका उनीहरु नेपाल सरकारको उपस्थितिसँगै नदीमा पुल र पक्की सडक बनिदिए देशप्रतिको माया बढ्ने बताउँछन् ।

बालबालिका भारतीय विद्यालयमा

स्थानीयवासीका अनुसार हौसलपुरका बालबालिकाको प्रारम्भिक शिक्षा नै भारतको बेलापरसुवाको सरस्वती शिक्षा मन्दिरमा हुन्छ । त्यहाँ शिशुदेखि ८ कक्षासम्म ४५ जना विद्यार्थी पढ्न जान्छन् । विद्यार्थीहरु भारतकै विद्यालयमा पढ्ने हुँदा उनीहरुमा मायामोहसमेत भारतकै बढी हुने कन्हैयालाल डगौरा बताउँछन् ।

उनीहरुलाई नेपाली राष्ट्रिय गान आउँदैन तर भारतको राष्ट्रिय गान सबैले गाउन सक्छन् । ‘भारतको राष्ट्रिय गान स्कुले बालबालिकालाई कठस्थ छ,’ कन्हैयालाल भन्छन्, ‘भारतको इतिहास र भूगोलको ज्ञान भएका बालबालिकालाई नेपालको नक्सा कस्तो छ भन्नेसम्म थाहा छैन ।’ हौसलपुरका किशोरकिशोरी हाइस्कुल र उच्च शिक्षाका लागि पनि भारतीय बजार जान्छन् । लखिमपुरको गान्धी इन्टर कलेजमा हौसलपुरका २०र२५ विद्यार्थी पढ्दैछन् ।

भोट बैंक मात्रै

बिजुली, पानी, शिक्षा, स्वास्थ्य, सुरक्षा पोष्ट केही नभएको यो गाउँ ‘अन्धकार’मै छ । तीनतिरबाट नदीले घेरेकाले वारपार गर्न झोलुंगे पुल बने बस्तीको सम्बन्ध नेपालसँग जोडिनसक्ने स्थानीय कुलप्रसाद चौधरीको भनाइ छ । उनी भन्छन ‘यी गाउँ नेताको भोट बैंकजस्ता मात्र भए । यहाँको वास्तविक समस्या समाधानतर्फ नेताहरुले चासो दिएनन् ।’

उनका अनुसार ०४९ को स्थानीय निर्वाचनमा हौसलपुरवासीले पहिलोपटक मतदान गरेका थिए । ‘तत्कालीन हसुलिया गाउँ विकास समितिको वडा नं। ४ अन्तर्गत यो गाउँ परेको थियो,’ उनी भन्छन्, ‘पहिलोपटक वडाध्यक्षका उम्मेदवार सरकारी कर्मचारी लिएर मतदाता नामवली संकलन गर्न आएका थिए । त्यसको केही समयपछिको निर्वाचनमा यहाँका करिब ५०र६० जनाले भोट हाल्यौँ ।’ उनका अनुसार बस्तीका धेरैको नागरिकता पनि त्यसपछि मात्र बनेको हो ।

अहिले भने गाउँमा विकासका कामहरु सुरु भएको छ । केही वर्ष अघिसम्म सरकारी निकायको कुनै उपस्थिति नभएको हौसलपुरमा जनप्रतिनिधि आइसकेपछि विकासका कामहरु सुरु भएका छन् । केही महिनाअघि मात्रै गाउँमा बिजुली पुगेको छ । स्थानीय तहबाट उपलब्ध हुने सेवामा नागरिकहरुको पहुँच बढाउन हरेक किसिमले प्रयास भइरहेको जनप्रतिनिधिहरु दावी गर्छन् । कैलारी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष कमल प्रसाद चौधरीले आफू निर्वाचित भएपछि गाउँमा बिजुली पुगेको सुनाए । उनले भने, ‘यो गाउँ अस्तिसम्म अन्धकार थियो । निर्वाचित भएर हामी आइसकेपछि पहिलो काम यहाँ सोलार बत्ती वितरण गर्‍यौँ ।’

त्यसपछि प्रदेशसभाका माननीय, गाउँपालिका अध्यक्ष तथा अन्य जनप्रतिनिधिको पहलमा यहा बिजुली बाल्न सकेका हौँ । वडा अध्यक्ष चौधरीका अनुसार खानेपानी, कृषि अनुदानलगायत विकास निर्माणका कामहरुलाई पनि गाउँपालिकाले प्राथमिकतामा राखेको छ । नेपाली भाषा पढाउनका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको र हाल भाषा पढाईसमेत सुरु भइसकेको उनले बताए ।

 

मङ्गलबार, बैशाख ०७, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.