• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कैलालीका किसान जैविक तटबन्धले हौसिए

धनगढी : पश्चिम–पूर्व भएर बग्ने मोहना नदीले कैलालीको दक्षिण क्षेत्रमा बर्सेनि ठूलो धनजनको क्षति गर्छ। जिल्लाको पश्चिमी क्षेत्रमा रहेको धनगढी उपमहानगरपालिका, दक्षिणपूर्व क्षेत्रमा रहेको कैलारी गाउँपालिका, भजनी नगरपालिकाको दक्षिणतर्फ भएर बग्ने मोहना नदीले उक्त क्षेत्रमा धनजनको क्षति गर्नुका साथै खेतीयोग्य जमिन कटान गर्दै आएको छ।

पहिले धान र गहुँ उत्पादन राम्रो हुने उक्त क्षेत्रको दक्षिणी क्षेत्रमा मोहना र कान्द्रा नदीले कटान र पटान गरेपछि पछिल्लो समय बालीको उत्पादन घटेको छ। मोहना र कान्द्रा नदीको पटान र कटानले गाउँ विस्थापित भएका छन्। सो क्षेत्रका अधिकांश खेतीयोग्य जमिन बगरमा परिणत हुन पुगेका छन्।

कैलारी गाउँपालिका–३ मोहनपुरका सेतु चौधरीले गाउँलाई कटान र डुबानबाट बचाउन मोहना नदीमा जैविक तटबन्धन, पटान भएको जमिनमा बगर खेतीका साथै उखुखेती गर्दै आएको बताए। नेपाल रेडक्रस सोसाइटी कैलालीको सहयोगमा नदीमा गरिएको जैबिक तटबन्धनले कटान रोक्न धेरै हदसम्म सफल भएको सेतु चौधरीको भनाइ छ।

पहिले नदीले पटान गरेको जमिनमा उखु खेती गर्दै आएको सेतुले बताए। उनले मोहनपुर गाउँका ८८ घरधुरीले मोहना नदीको कटान रोक्न तीन सय मिटर जैविक तटबन्धन गरिरहेको र १० बिघा क्षेत्रफलमा उखुखेती गरिएको बताए। २०६४ सालमा बाढी धनगढी उपमहानगरपालिका–१८ ललितपुर गाउँमा पसेपछि ठूलो क्षति भयो। मोहना नदी गाउँमा पसेपछि बालीनाली, चौपाया बगाएर लग्यो। हेर्दाहेर्दै गाउँलेकै आँखा अगाडि खेतीयोग्य जमिन बगरमा परिणत भयो। मानवीय क्षति नभए पनि बाढीका कारण गाउँमा भागाभाग मच्चिएको थियो।

जैविक तटबन्ध गरिएपछि पछिल्ला केही वर्षयता कटान रोकिएको स्थानीय बाँधुराम चौधरीले बताए। बगरमा परिणत भएको जमिनमा किसानले उखु खेती, तरकारी खेती गर्दै मनग्य आमदानी लिन थालेका छन्। गाउँका ३१ घरधुरीमध्ये हाल सो क्षेत्रमा २२ घरधुरीले बगरमा खेती गर्दै आएका छन्।

भजनी नगरपालिका–७ हिम्मतपुरका प्रेमलाल चौधरी मोहना नदीले बगरमा परिणत गरेको जमिनमा उखुखेती थालेका छन्। पहिले राम्रो खेती हुने सो जमिनमा मोहनाले कटानी र पटानी गरेर बगरमा परिणत गरेको बालुमा उनले उखुखेती गरिरहेको बताए। नदीले पटान गरेको बालुमा ३५ घर परिवारले २७ विगाह क्षेत्रफलमा उखुखेती गर्दै आएको प्रेमलालले बताए।

पहिले राम्रो खेती हुन्थ्योु, प्रेमलालले भने, ‘मोहना नदीले कटान र पटान गरेपछि खेती हुन छाड्यो। नेपाल रेडक्रस सोसाइटी कैलालीको सहयोगमा अहिले उखुखेती गरिरहेका छौं।’ उनले उत्पादन भएको उखु खरिदका लागि चिनी मिलले सहमति गरिसकेको बताए।

उनले उत्पादन भएको उखुबाट जुस बनाएर बेच्दै आएका छन्। रेडक्रसले उखुको जुस निकालेर बेच्नका लागि उनी लगायत केही किसानलाई जुस निकाल्ने मेसिन दिएको छ। मर्सिकोर नेपालसँगको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी कैलालीले सञ्चाल गर्दै आएको आर्थिक विकासमार्फत जोखिम व्यवस्थापन परियोजनाले सो क्षेत्रका किसालाई सहयोग गर्दै आएको छ।

सन् २०१३ देखि धनगढी उप–महानगरपालिका, कैलारी गाउँपालिका, भजनी नगरपालिका र चुरे गाउँपालिकामा सञ्चालन गर्दै आएको आर्थिक विकासमार्फत जोखिम व्यवस्थापन गरिरहेको नेपाल रेडक्रस सोसाइटी कैलालीका सभापति उत्तर जोशीले बताए।

आर्थिक विकाससँगै विपद् जोखिम न्यूनीकरण गर्दै समुदायलाई उत्थानशील बनाउने उद्देश्यले सो परियोजनामार्फत जैविक तटबन्धनका साथै बगरखेतीमा किसानलाई सहयोग गर्दै आएको जोशीले बताए। उनले बाढी प्रभावित क्षेत्रका किसानका लागि बगरमा उखुखेती प्रर्द्धन र बजार विस्तारमा सहयोग, फलफूल तथा तरकारी खेती विस्तारमा सहयोग, नमुना प्लट निर्माणमा सहयोग, किसानका लागि कृषक पाठशालाको योजना निर्माण र समस्या बारेमा कक्षा सञ्चालन हुँदै आएको छ।

यस्तै किसानका लागि क्षमता अभिवृद्धि तालिम, महिला सहभागिता कोषको स्थापना तथा आयआर्जनका गतिविधि सञ्चालन, जैविक तटबन्ध निर्माणमा सहयोग, आधारभूत प्राथमिक उपचार तालिम, खोज तथा उद्धार तालिम, समुदायमा आधारित पूर्वसूचना प्रणालीसम्बन्धी क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्दै आएको बताए।

शुक्रबार, चैत २०, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.