• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

काल्चेको डरलाग्दो भीरमा सिँढी छोपेर जोखिमको यात्रा

धनगढी : बाजुराको गौमूल गाउँपालिकामा रहेको काल्चेको भीरमा सिँढीको सहारामा स्थानीय जोखिम मोलेरै यात्रा गर्न विवश छन् । गत २५ भदौमा आएको बाढीपहिरोले बनाएको बाटो र सडक बगाएपछि स्थानीयले जोखिम मोलेरै आउजाउ गर्नुपर्ने बाध्यता आइलागेको हो ।

देख्दै निकै डरलाग्दो भीर । त्यसैमा काठको सिँढीमा जोखिम यात्रा गर्नु परेको स्थानीयको गुनासो छ । काल्चेको भीर गौमूल गाउँपालिका वडा नम्बर २ र ६ को बीचमा पर्छ ।

‘यो भीरमा आउजाउ गर्दा आङै सिरिंग हुन्छ । त्यसैमा काठको सिँढीको सहायता लिएर त्रासपूर्ण वातावरणमा ओहोरदोहोर गर्नुपरेको छ’, गाँउपालिका अध्यक्ष हरिबहादुर रोकायाले भने ।

काठको सिँढीमा ओहोरदोहोर गर्दा अलिकति चिप्लियो सीधै तल बूढीगंगा नदी खसिने स्थानीय पदम नेपाली सुनाउँछन् । यो भीरलाई जिल्लामै जोखिम यात्राका रूपमा लिने गरिएको उनले बताए ।

भीरमा खाली हिँड्दा ज्यान जोखिममा पर्ने अवस्था रहेकाले भारी बोकेर गए बूढीगंगामा हराइने त्रास रहेको वडा नम्बर १ का वडाध्यक्ष बलबहादुर रोकायाले बताए ।

सामान ढुुवानी साधनको रूपमा रहेको खच्चर पनि भदौबाट बन्द हुँदा गाउँपालिकाको वडा नम्बर १, २ र ३ मा विकास निर्माणका कामसमेत प्रभावित रोकायाले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष हरिबहादुर रोकाया बाढीपहिरोका कारण बाटो निर्माण गर्न समस्या रहेको बताउँछन् । ‘काम गर्न लगाइरहेका छौँ । धेरै अप्ठेरो भएकाले समय लाग्छ । नागरिकलाई केही सहज होस् भनेर गाउँपालिकाले सिँढी निर्माण गरेको हो’, अध्यक्ष रोकायाले भने ।

भीरमा सिँढी आउजाउ गर्न महिला, बालबालिका र वृद्धलाई झनै समस्या रहेको स्थानीय हीरेन्द्र रोकायाले सुनाए । ‘बलियाबांगाले त जसोतसो पार गर्छन् । अशक्त, अपांगलाई निकै सकस हुने गरेको छ,’ उनले भने ।

गाउँपालिका उपाध्यक्ष सीता रोकायाले पनि जोखिम यात्राले सास्ती दिएको बताइन् । गाउँपालिकाबाट वडामा सामान ढुुवानीसँगै स्थानीयलाई खाद्यान्न लैजान समस्या भएको उनले भनाइ छ ।

आइतबार, चैत ०८, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.