• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

महाकालीपारिको दोधारा-चाँदनीमा सिँचाइ नहर बनाउन अझै अलमल

धनगढी : महाकालीपारिको दोधारा(चाँदनी क्षेत्रमा नहर बनाउने प्रक्रिया अघि बढाउन अलमल भएको छ ।

२०७७ पुस दोस्रो साता भारत भ्रमणमा पुगेका ऊर्जा सचिव दिनेशकुमार घिमिरेसँग भारतीय पक्षले नेपालले तयार गरेको दोधारा(चाँदनीमा सिँचाइको लागि पानी जाने नहरको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर०लाई २ महिनाभित्रै अन्तिम रुप दिने सहमति जनाएको थियो ।

यो सहमतिलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक सम्बोधनमा पटक-पटक सरकारको महत्वपूर्ण उपलब्धिका रुपमा ब्याख्या गर्दै आएका छन् । उनले २०७७ पुस १८ गते काठमाडौंमा भएको कार्यकर्ता भेलामा ६ महिनाभित्र दोधारा-चाँदनीले महाकाली सन्धिअनुसार पानी पाउने दावी गरेका थिए ।

तर, यो सहमति कार्यान्वयन हुन सकेको छैन । सहमति भएको तीन महिना बित्दा पनि नेपाल र भारतबीच यो परियोजनाबारे द्विपक्षीय छलफल अघि बढेको छैन । लामो समयदेखि भारतले पञ्चेश्वर आयोजना बनेपछि मात्रै यो नहर बनाउन सकिने अडान लिँदै आयो थियो ।

नेपालले भने आयोजना बन्ने आधार तयार गर्न पनि महाकाली सन्धिअनुरुप नहर बनाइहाल्नुपर्ने बताउँदै आएको थियो । दोधारा चाँदनीमा १० घनमिटर प्रतिसेकेन्ड पानी जाने नहर बनाउने योजना छ । सन्धिअनुसार बनबासा पुल नजिकको शारदा नहरबाट भारतले यो नहरका लागि पानी दिनुपर्छ ।

सिँचाइ आयोजनाहरुको गुरुयोजनामा पनि यो क्षेत्रमा नहर बनाउने विषय समेटिएकाले अब ढिला नगरी यो आयोजना अघि बढाउन तयारी भइरहेको सिँचाइ विभागका महानिर्देशक मधुकर राजभण्डारीले बताउँछन् । ‘यसअघि तयार भएको डीपीआरमा केही संशोधन गर्नपर्ने हुनसक्छ,’ उनले भने,’अब दुई देशबीचको जलस्रोतसम्बद्ध बैठकहरुमा यो आयोजनाका बारेमा छलफल भएर आवश्यक सहमति र निर्णय हुन्छ ।’ नेपाल भारत सिँचाइ सहसचिवस्तरीय र अन्य द्विपक्षीय बैठकहरुबाट आयोजनाको निर्माणबारे टुंगो लगाइने राजभण्डारीले बताए ।

यो नहरको डीपीआर नेपालले सन् २०१४ मा नै तयार गरिसकेको हो । महाकाली सिँचाइ आयोजना-दोस्रोका प्रमुख रणबहादुर बम सन् २०१४ मै बनेको डीपीआर अद्यावधिक गर्न आवश्यक रहेको बताउँछन् ।

यसअघिको डीपीआर भारत सरकारलाई दिइसकेको भन्दै बमले अहिले डीपीआर भएको क्षेत्रमा घरसहित विभिन्न संरचनाहरु बनेकाले अद्यावधिक गरेर मात्रै गुरुयोजनाअनुसार अघि बढ्न सकिने बताए । डीपीआर संशोधनमा लागि प्रक्रिया सुरु गर्ने तयारी भइरहेको भन्दै बमले आगामी आर्थिक वर्षको सुरुआतसम्म निर्माणको प्रक्रिया थाल्न सकिनेमा आफूहरु आशावादी रहेको बताए ।

अहिलेसम्म डीपीआर नै टुंगो लागिनसकेको यो आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया पनि थालनी भएको छैन ।

करिब ३ हजार ५ सय हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने गरी निर्माण हुने यो आयोजनामा ३ हजार हेक्टर क्षेत्रफल कुलोमार्फत सिँचाइ गर्नुपर्नेछ । ५ सय हेक्टर क्षेत्रफलमा भने अन्य प्रविधिमार्फत पानी लिफ्ट गरेर सिँचाइ गर्नुपर्ने हुन्छ ।

सन् २०१४ को डीपीआर अनुसार यो परियोजना निर्माणका लागि ४.५ अर्ब लगानी गर्नुपर्नेछ । यो आयोजनाको लागि भारतीय भूमिमा ११ सय मिटर नहर बन्नुपर्छ ।

अहिलेसम्म सो नहर कसले बनाउने भन्ने तय भएको छैन । १५ किलोमिटर मुख्य नहरसहित यसमा ५ वटा सहायक नहरहरु पनि बनाउनुपर्छ । यो नहर बनेमा दोधारा(चाँदनी क्षेत्रले महाकाली सन्धिअनुसार पानी उपयोगको सुविधा पाउनेछन् । तर आयोजा बन्न अझै सुरु हुन सकेको छैन ।

आइतबार, चैत ०८, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.