धनगढी : डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
शुक्रबार दिउँसो परशुराम नगरपालिका–१२ स्थित जोगबुडा–पन्तुरा सडक खण्डमा से ७ प ८४२१ नम्बरको मोटरसाइकल दुर्घटनामा सोही ठाउँका चालक २० वर्षीय सन्तोष विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ।
प्रहरीका अनुसार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो। मृतकको शव परीक्षणका लागि जोगबुढा अस्पतालमा राखिएको छ।