धनगढी : धनगढी चौराहा नजिकै सवारी दुर्घटना भएको छ । अत्तरियाबाट धनगढी आइरहेको सुदूरपश्चिम प्रदेश ०१००१ ख २५३६ नम्बरको हाइस लाई सु.प.प्र ०१ ००८ प ११७३ नम्बरको मोटरसाइकलले पछाडि बाट ठक्कर दिएको बुझिएको छ ।
निरन्तर चलिरहेको हाइस एकासी रोखीएपछि पछाडिबाट आइरहेको मोटरसाइकल अनियन्त्रित भई हाइस सँग ठोकिँदा मोटरसाइकल चालकको टाउकोमा चोट लागेको छ ।
यद्यपि हाइस चालकले भन्ने प्रहरी समक्ष छाडापशुचौपाया सडकमा आएपछि एक्कासि ब्रेक लगाएको बताएका छन् ।सवारी दुर्घटना हुँदा मोटरसाइकल चालक को टाउकोमा चोट लागेको छ । उनको के जी अस्पतालमा उपचार भइरहेको छ ।घटना बारे थप जानकारी आउन बाकी छ।
