• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सर्वोच्चको फैसलाले सुदूरपश्चिम सरकार असुरक्षित

धनगढी, टेकसिँह धामी/सर्वोच्च अदालतको फैसला अनुसार एमाले र माओवादी केन्द्र छुट्टा छुट्टै पार्टी भएसँगै सुदूरपश्चिम सरकार असुरक्षित देखिएको छ। नेकपा खारेजीपछि मुख्यमन्त्री त्रिलोचन भट्ट अल्पमतमा परेका हुन्।

अदालतले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता नेपाल कम्युनिष्ट पार्टी नेकपालाई खारेज गरेपछि सुदूरपश्चिम सरकारमा पनि साइड इफेक्ट परेको छ। उक्त फैसलासँगै सुदूरपश्चिम सरकारका मुख्यमन्त्री भट्टको कुर्सी संकटमा परेको हो।

प्रदेशमा जम्मा ५३ जना प्रदेशसभा सदस्य रहेका छन्। जसमध्ये एमालेका २५ जना, माओवादी केन्द्रका १४, कांग्रेसका १२ र जनता समाज पार्टीका २ जना रहेको सुदूरपश्चिम प्रदेशमा सकार गठनका लागि २७ जना प्रदेशसभा सदस्य आवश्यकता पर्दछ।

सरकार गठनका लागि तत्कालीन एमालेलाई सरकार बनाउन जसपा वा कांग्रेसको साथ चाहिन्छ भने तत्कालीन माओवादी केन्द्रलाई जसपा र कांग्रेसको दुवैको साथ आवश्यक पर्छ।

यस्तो अवस्थामा तत्कालीन माओवादी केन्द्रबाट मुख्यमन्त्री भएका भट्टलाई सरकार टिकाउन सकस पर्ने देखिएको हो।

सुदूरपश्चिम सरकारका पूर्व भौतिक पूर्वाधार मन्त्री तथा एमाले नेता पठानसिंह बोहराले सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने बताए। सुदूरपश्चिम अल्पमतको सरकार भएकाले अब यहाँको राजनीतिक कोर्सले नयाँ मोड लिने बोहराले दाबी गरे।

उनले भने, ‘हाम्रो पार्टी कानुनी प्रणालीमा चल्ने पार्टी हो, हामी संविधान र सर्वोच्चको फैसलालाई स्वीकार्दै पार्टीको निर्देशन अनुसार निर्णय लिन्छौं, मुख्यमन्त्रीले विश्वासको मत लिन सक्नुपर्छ, प्रदेश सरकार फेरबदलको कुरामा पार्टीको आधिकारीक निर्णय आइसकेको छैन।’ संसदमा ठूलो दल नै एमाले भएको बोहराको भनाई छ।

मुख्य न्यायाधिवक्ता कुलानन्द उपाध्याय भने सर्वोच्चको फैसलाले प्रदेश सरकारमा कुनै समस्या नहुने दाबी गर्छन्।

‘पार्टी एकीकरण नहुँदै भएको चुनावमा माओवादी केन्द्र र एमालेबाट विजयी भएका प्रदेशसभा सदस्यहरूको चुनाव चिन्ह छुट्टाछुट्टै थियो,’ उपाध्यायले भने, ‘एमालेले उम्मेदवार उठाएको निर्वाचन क्षेत्रबाट माओवादीले उम्मेदवारी नदिएर र माओवादीले उम्मेदवार उठाएको निर्वाचन क्षेत्रबाट एमालेले उम्मेदवारी नदिएर समर्थन गरेका थिए।’

वर्तमान सरकारलाई एमालेले समर्थन फिर्ता लिएपछि मात्रै सुदूरपश्चिम सरकारलाई असर पर्ने उनले बताए।

मङ्गलबार, फागुन २५, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.