धनगढी, १८ फागुन/ बैतडीका स्थानीय तहहरू विवादित वन्दै गएका छन्। जिल्लाको सिगास गाउँपालिका उसो त बेलाबखतमा विवादमा धेरै तानिने गाउँपालिका हो। यस्तै पछिल्लो समय विवादले वडा कार्यालय लाई पनि छोडेको देखिदैन। वडा अध्यक्षहरु बिचका तिक्तता बल्झिदै गएका छन् । एक अर्का वडाका वडा अध्यक्ष बिच समझदारी र सहमतिको वातावरण नहुदा वडा बिच नै ‘वार’ हुने सम्भावना खडा भएको छ।
सोमबार मात्रै सिगासमा निर्माणाधीन सडकखण्डको उपभोक्ता समिति गठनको विवादले माहोल ततायो। यस बिषयमा सुदुरपत्रले गहिरिएर अनुसन्धान गरि समाचार प्रकाशन गर्यो। उक्त समाचारमा मनोमानी ढंगले उपभोक्ता समिति गठन गरेको र सिगास ८ का वडा अध्यक्ष कर्ण ऐरले आफन्त तथा नातेदारलाई समितिमा राखेको बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्यो।
यस बिषयमा वडा अध्यक्ष ऐरले भने बहुमतका आधारमा समिति गठन गरेको अन्यथा थाहा नभएको बताए। स्थानिय भने रुष्ट छन् ।
तर उता सिगास ९ कि वडाअध्यक्ष लक्ष्मी चन्द भने यसो भन्छिन्, “८ नं वडा कार्यालयका अध्यक्षले आफुले आफुलाई सर्वोपरि ठानेको, सहमति, सम्झौता बिना नै निर्णय लिने गरेको सत्य हो । विवाद भएको समेत स्थानियवाट थाहा पाए। वडा अध्यक्षले जानकारी नै दिएन। मेरो पनि क्षेत्राधिकार भित्रको कुरा हो तर मलाइ वडा अध्यक्ष ऐरले टेर्दैनन् उनले एक रेडियोको बहस कार्यक्रममा बताईन्।
स्थानीय सरकार र निकाय विचको यो मानशिकताले सिगासवासिमा उदासीनता छाएको छ। स्थानीय सरकारका यस्ता गतिविधले स्थानीयको स्थानीयतह र सरकारप्रतिको अपेक्षा तुहिएको स्थानीयको बुझाइ छ।
