धनगढी, फाल्गुन १६/ प्रेस सङ्गठन नेपाल (ओली समुह) कैलालीको जिल्ला भेला धनगढीमा सम्पन्न भएको छ। भेलाले कैलालीमा ११ सदस्यीय कार्यालय र ५३ सदस्यीय जिल्ला कमिटी तयार गरेको छ।
कार्यालयमा प्रेस सङ्गठन कैलालीका संयोजक भानुभक्त आचार्य, सह–संयोजक बिराज रोस्यारा, पदम सापकोटा, लोकु सिंह ठकुरी, जीवन बिष्ट, नीराजन परियार, धुर्व ओझा, मोहन जोशी, सिरिसा राना र लक्ष्मी कुमारी जैसी रहेका छन्।
थप एक जना सदस्य पछि मनोनीत गरिने जनाइएको छ। भेलाले ५३ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ। कार्यक्रममा केन्द्रीय सदस्यहरूरतन थापा, बिनाडी सहित सङ्गठनका प्रदेश इन्चार्ज हेमन्त पौडेल, सह इन्चार्ज गोविन्द रोस्यारा, प्रदेश संयोजक कृष्ण ओली, प्रेस सङ्गठन केन्द्रीय सदस्य लोकशरी कुँवर, पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य दिल बहादुर छत्यालको उपस्थिति थियो।
