• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

गृहमन्त्री बादलले तामझामसहित शिलान्यास गरेको प्रहरी भवन निर्माण : ५ महिनामा जगमात्र

धनगढी, फाल्गुन १५/ दार्चुला व्यासको छाङ्गरुमा सशस्त्र प्रहरीको भवन निर्माण थालिएको ५ महिनाभन्दा बढी समय बितेको छ । यी ५ महिनामा भवनले जगको स्वरूपभन्दा अन्य आकार लिन सकेको छैन । गत असोज ९ गते गृहमन्त्री रामबहादुर थापा बादल नेतृत्वको टोलीले निकै तामझामसहित शिलान्यास गरेको थियो ।

व्यासको छाङ्गरुमा सशस्त्र प्रहरीलाई बाह्रै महिना बस्न मिल्ने गरी आधुनिक सुविधा सम्पन्न भवन बनाउन थालिएको हो । ४० कोठे यो भवनको निर्माण गत मंसिरभन्दा पछि रोकिएको छ ।

भारतले अतिक्रमण गरेको कालापानीभन्दा झण्डै १४ किमि तल छाङ्गरुमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मको अत्याधुनिक भवन निर्माण हुन लागेको हो । एक वर्षभित्रै निर्माण सक्ने गरी कुल १० करोड रुपैयाँ लागतमा काम सुरु गरिएको भए पनि अहिले निर्माण रोकिएको छ ।

भवनको शिलान्यास लगत्तै निर्माण व्यवसायी सुरेश चन्दले दुई महिनाभित्रै भुइँ तला निर्माण गरेर सशस्त्र बस्न मिल्ने बताएका थिए । तर, ५ महिना बितिसक्दा पनि भवनको जगमात्र राखिएको छ । भवन निर्माणका लागि आवश्यक उपकरण, सामग्री जम्मा गरिएको छ, तर निर्माण मंसिर पहिलो साताबाटै रोकिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म दार्चुलाका प्रहरी उपरीक्षक नरेन्द्रबहादुर बमले जानकारी दिए । व्यासमा सौका समुदायको बसाइँ–सराई सर्नु अगावै निर्माण व्यवसायी र मजदुरहरूले छाङ्गरु छोडेका हुन् ।

मंसिर पहिलो साता भवन निर्माणको जग हालेर फर्किएका निर्माण व्यवसायी अझै फर्किएका छैनन् । सशस्त्र प्रहरी उपरीक्षक बमले ठेकेदारलाई ताकेता लगाउँदा यही फागुन अन्तिमसम्म जनशक्ति परिचालन गर्ने खबर आएको बताए ।

भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितका नेपाली भूभाग अतिक्रमण गरी वर्षभरि बस्न सक्ने सैन्य अखडा स्थापित गरेको छ । नेपालले भारतले अतिक्रमण गरेका तीनवटै क्षेत्रलाई समेटेर आफ्नो राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेर उक्त क्षेत्रमा पछिल्ला दिनमा सुरक्षाकर्मी परिचालन गरेको छ ।

पहिलो पटक सशस्त्र प्रहरी र नेपाल प्रहरी छाङ्गरुमा नियमित बस्न थालेका छन् । सशस्त्रको डिएसपी र प्रहरीको सईको नेतृत्वमा टोली खटिएको छ । बाह्रै महिना सशस्त्र प्रहरी बस्ने भएपछि उनीहरूका लागि सुविधासम्पन्न भवन बन्न लागेको हो । तर, भवन निर्माणमा भइरहेको ढिलाइले सशस्त्र प्रहरी गत वैशाखदेखि भाडाको घरमा बस्दै आएका छन् ।

विगतमा मंसिरदेखि हिमपात सुरु हुने गरेको थियो । तर, यो वर्ष व्यासमा बढी हिमपात भएको छैन । भएको ठाउँमा हिउँ पग्लिसकेको छ ।

सरकारले गत वैशाख ३१ गते सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट राख्ने निर्णय गरेको थियो । लगत्तै सरकारले नक्सा नै जारी गरेपछि असार २८ गतेको मन्त्रिपरिषद् बैठकले व्यासमा बाह्रै महिना सशस्त्र प्रहरीको गुल्म राख्ने निर्णय गरेको हो । त्यसअघि ६ महिना मात्र सशस्त्रको क्याम्प बस्ने गरेको थियो ।

सशस्त्र प्रहरीको भवन निर्माणका लागि स्थानीयले गागा क्षेत्रमा १५ रोपनी जग्गा सशस्त्रलाई दिएका हुन् । सशस्त्र प्रहरी बाह्रै महिना बसेपछि त्यो क्षेत्रमा चोरी सिकारी नियन्त्रण, भारतले सहजै अतिक्रमण गर्न नसक्ने अपेक्षा गरिएको छ । मौसम प्रतिकूलताका कारण भवन निर्माण रोकिएको निर्माणको जिम्मा पाएका निर्माण व्यवसायी सुरेश चन्दले बताए । ‘मौसम प्रतिकूलताका कारण निर्माण मंसिरमा रोकिएको हो’, उनले भने, ‘चैतबाट फेरि सुरु हुनेछ ।’ भवन आउने कात्तिकभित्र निर्माण सम्पन्न अवधि रहेको छ ।

शनिबार, फागुन १५, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.