धनगढी, फागुन ७/ मोहना–अत्तरिया छ लेन सडक अन्र्तगत धनगढी बोराडाँडी अगाडि शुक्रबार गाडी दुर्घटना भएको छ । महेन्द्रनगरबाट धनगढी आईरहेको म १ ज २६४ नम्बरको गाडी दुर्घटनामा परेको हो ।
साईकल यात्रुले सडक पार गर्ने क्रममा स्पीडमा आएको गाडीले डिभाईडरमा ठक्कर दिँदा सडक छेउमा रहेका पसल तर्फ पुगेको हो । दुर्घटनामा मानवीय क्षति केहि नभए पनि तकारी, साईकल र फलफूल पसलमा क्षति पुगेको छ । साईकल यात्रुले जथाभावि रुपमा बाटो बाट्दा गाडी दुर्घटनामा परेको चालक नरेश ठगुन्नाले बताए ।
मोहनापुल–अत्तरिया ६ लेन सडक अव्यवहारिक क्रसिङ डिभाइडरले भने सास्ती दुर्घटना हुने गरेका छन् । मोहनापुलदेखि अत्तरियासम्मको १४.२ किलोमिटर सडक खण्डमा १५ ठाउँमा क्रसिङ प्वाइन्ट राखिएको छ । तर, यात्रहरु भने जथाभावि ढंगल सडक क्रस गर्ने गरेका छन् ।