धनगढी, फाल्गुन ६ / कञ्चनपुरको पुनर्वासमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भिर घाइते भएका छन्।
बिहीबार दिउँसो धनगढीबाट बेलौरी जाँदै गरेको ना ४४ प ९७०४ नम्बरको मोटरसाइकल पुनर्वास नगरपालिका १ ढक्कामा अनियन्त्रीत भइ दुर्घटना हुँदा मोटरसाइकल चालक बेलौरी नगरपालिका ८ कलकत्ता बस्ने २३ बर्षीय गोविन्द चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ।
सोही मोटरसाइकलमा सवार २३ बर्षीय हिक्मत चौधरी गम्भिर घाइते भएका छन्। घाइतेलाई उपचारका लागि धनगढि लगिएको प्रहरीले जनाएको छ ।