धनगढी, फाल्गुन ४/ नेपाली कांग्रेसका नेता एनपी साउदमाथि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ओली समूहका कार्यकर्ताले आक्रमण गरेका छन् । डिलासैनी गाउपालिका – ३ पनसेरामा दुई पक्षबिच झडप हुदा सभा बिथोलिएको थियो ।

डिलाशैनीमा नेता साउदले सम्बोधन गर्ने सभामा दुई पक्षबिच झडप भएको हो । पनसेरामा नेपाली काँग्रेसको आमसभामा नेकपाका कार्यकर्ताले ढुङ्गामुढा प्रहार गर्दा झडप सिर्जना भएको नेपाली कांग्रेस डिलासैनी गाउँपालिका कार्यसमिति सचिव बिरबहादुर बिष्टले बताएका छन् । उक्त समूहले गरेको ढुंगामुढा गर्दा नेता साउदको पेटमा ढुंगा लागेको छ।
कार्यक्रमस्थलमा ओली समूहका कार्यकर्ताहरुले आक्रमण गरेका हुन् । दुई पक्षबिच दोहोरो ढुङ्गा हानाहानमा परि ६ जना घाइते भएका छन्। नेकपाका कार्यकर्ताहरुको ढुंगामुढापछि कांग्रेसको आमसभा बिथोलिएको थियो ।

बाक्लो सुरक्षाकर्मीको उपस्थितिमा कार्यक्रम समापन भएको छ।