धनगढी, माघ ३०/ बैतडीमा एक कर्मचारी मृत भेटिएका छन् । जिल्लाको सिगास गाउपालिका वडा नं ७ का ४५ बर्षीय राम सिंह ऐर मृत भेटिएका हुन्।
आज शुक्रबार विहान सिगास ८ को भुमिराज माणडौ नजिकै उनको शव फेला परेको शिवलिङ्ग प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक राज बहादुर डगौराले बताए। उनले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिए।
४ दिन देखि बेपत्ता भएका ऐर मृत अवस्थामा भेटिएका हुन्। उनी सिगास ८को शिवलिङ्ग स्वास्थ्य चौकीमा कार्यालय सहयोगीको रुपमा कार्यरत थिए।