धनगढी, माघ २६/ बैतडीमा बिहीबार मृत अवस्थामा फेला परेकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पोस्टमार्टम रिपोर्टबाट पुष्टि भएको छ।
जिल्ला अस्पताल बैतडीमा गरिएको पोस्टमार्टम रिपोर्टबाट दोगडाकेदार नगरपालिका–७ की भट्टको बलात्कार र घाँटी थिचेर हत्या भएको पुष्टि भएको हो।
पोस्टमार्टम रिपोर्ट आज प्रहरीलाई दिइएको छ। भट्टको बलात्कार र घाँटी थिचेर हत्या भएको पुष्टि भएको छ। घाँटी निमोठेको र अन्य केही भित्री चोटहरु रहेको प्रहरीले जनाएको छ।
अहिले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीको टोली पनि घटनास्थलमा पुगेर अध्ययन गरिरहेको छ।
भट्ट हत्या घटनाको थप अनुसन्धान जारी छ।
