धनगढी, माघ २५/ पुनः गठनपछि प्रेस सङ्गठन नेपालको पहिलो प्रदेश भेलाका रुपमा सोमबार सुदूरपश्चिम प्रदेशको भेला धनगढीमा हुँदैछ।
यही माघ ८ गते काठमाडौँमा सम्पन्न सो सङ्गठनको राष्ट्रिय भेलाले सङ्गठनको संयोजकमा गणेश बस्नेतलाई चयन गरेपछि प्रदेश र जिल्लास्तरमा गतिविधि हुन थालेका छन्।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रदेश इञ्चार्ज लेखराज भट्टले उद्घाटन गर्ने भेलामा प्रदेशका नौ वटै जिल्लाबाट सङ्गठनमा आवद्ध अगुवा तथा सञ्चारकर्मीको उपस्थिति हुने सङ्गठनका प्रदेश इञ्चार्ज हेमन्त पौडेलले जानकारी दिए।
प्रतिनिधिसभा विघटन भई निर्वाचनको तयारी सुुरु भएको स्थितिमा भेलाबाट सङ्गठनबारे उत्पन्न अन्योललाई चिर्दै शुद्धीकरण अभियान घोषणा गरिने सङ्गठनका प्रदेश सँयोजक कृष्ण ओलीले बताए।
