धनगढी, माघ २३/ बैतडीमा टिप्पर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । आइतबार बिहान ९ बजे सुल्लेखानबाट ढुङगा लिएर मड तर्फ आउदै गरेको सु प प्र ०१ ००१ क १५८४ नम्बरको टिप्पर दुर्घटना हुँदा शिवनाथ गाउँपालिका वडा २ पौखरका ४८ बर्षिय चालक हिक्मत सिह साउँदको घटना स्थलमै मृत्यु भएको कुलाउ प्रहरी चौकीका प्रहरी हवल्दार कुमार रानाले जानकारी दिए।
पाटन पञ्चेश्वर सडक खण्ड अन्तरगत पञ्चेश्वर गाउँपालिका वडा नम्बर ३ मडमा टिप्पर दुर्घटना भएको उनले बताए । टिप्पर सडकबाट करिव दुई सय मिटर तल खसेको प्रहरी जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।
