धनगढी, माघ २३/ सुदुरपश्चिम प्रदेश सभा सदस्य भरत बहादुर खड्काले बैतडीको दोगडाकेदार गाउँपालिका–७ मा रहेको सनातन धर्म माध्यमिक विद्यालयकी छात्रा भागरथी भट्टको हत्या घटना छानविनको माग गरेका छन् ।
प्रदेश सभा सदस्य खड्कालले विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेका छन् । बुधवार घरबाट विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजी गर्ने क्रममा बिहीबार बेलुकी ५ बजेतिर मृत अवस्थामा फेला परेकी थिइन् । परिवारजनले उनको बलात्कारपछि हत्या गरिएको आशंका गरेको छ ।
“घटनाको सत्यतथ्य छानविन गरि आपराधिक घटनामा संलग्न दोषीलाई छिटोभन्दा छिटो कानुनी कठघरामा उभ्याइ हदै सम्मको कारबाहीका लागि सम्बन्धित निकायसँग जोडदार माग गर्दछु,” विज्ञप्तिमा भनिएको छ ।