• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

मह उत्पादन बढ्दा डडेल्धुराका किसान दङ्ग

धनगढी, माघ २०/ डडेल्धुराको अजयमेरु गाउँपालिका कृषक लक्ष्मी पाठक मौरीपालन व्यवसायवाट छोटो समयमै आम्दानी हुँदा दङ्ग देखिन्छन् । तीस घार मौरीपालन गरिरहेका उनको वर्षमा झण्डै दुई लाख ५० हजार आम्दानी हुन्छ । “यो व्यवसायबाट सन्तुष्ट छु”, उनले भने, “घरपरिवारका सबै सदस्य यसै व्यवसायमा लाग्दा बेरोजगार भएर बस्नु परेको छैन ।”

उत्पादित मह बजारमा प्रतिकिलो ८०० रुपैयाँदेखि एक हजारसम्म बिक्री हुने गरेको पठकले बताए । आलिताल गाउँपालिका–४ जालटुडाकी पुनादेवी कामी पनि व्यावसायिक मौरीपालनमा लागेकी छिन् । वर्षौंदेखि आफूहरुसँग भएको परम्परागत सीपले गुजार गर्न नसकिने भएपछि यो पेशा त्यागेर मौरीपालन व्यवसायमा रोज्दा आम्दानी पनि भएको उनको अनुभव छ ।

“कृषि ज्ञान केन्द्र कार्यालयले सञ्चालन गरेको युवा लक्षित कार्यक्रमबाट एक लाख ८० हजार रकम अनुदान पाएपछि व्यावसायिक मौरीपालन गर्ने हौसला बढ्यो”, उनले भनिन्, “२० घार मौरी छन्, एक घारबाट पाँचदेखि सात किलो मह उत्पादन हुने गर्छ ।”

आगामी दिनमा मह उत्पादन वृद्धि गर्दै जाने उनको लक्ष्य छ । पछिल्ला वर्षमा डडेल्धुरामा व्यावसायिक मौरीपालनमा आकर्षण बढेसँगै कृषको आम्दानी पनि भइरहेको छ । यो व्यवसायले थौरै भएपनि स्वरोजगारको अवसर सिर्जना गर्न थालेको स्थानीय कृषकको भनाइ छ ।

जिल्लामा वार्षिक ६० मेट्रिक टनभन्दा बढी मह उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र कार्यालयले जनाएको छ । पछिल्लो समय मौरीलाई आवश्यक पर्ने चरन क्षेत्र पर्याप्त देखिएकाले पनि मौरीपालन गरेर मह उत्पादन पनि बढ्दै गएको कृषि ज्ञान केन्द्र डडेल्धुराका निमित्त वरिष्ठ कृषि विकास अधिकृत रामचन्द्र भट्ट बताउँछन् ।

“यस जिल्लामा मौरीपालनको सम्भावना ठूलो रहेको छ, उत्पादित महले सजिलै बजार पाउने र आम्दानी राम्रो हुने भएकाले कृषक पनि यसतर्फ आकर्षित भइरहेका छन्”, निमित्त वरिष्ठ कृषि अधिकृत भट्टले भने । जिल्लामा अहिले करीब १० हजार घारमा मह उत्पादन हुने गरेको तथ्याङ्क रहेको छ ।

त्यसमध्ये ६० प्रतिशत पुराना घार र ४० प्रतिशत मात्रै आधुनिक घारमा मौरीपालन हुने गरेको जनाइएको छ । स्थानीय क्षेत्रमा नै मह उत्पादन गर्दा बजार सजिलै पाउने भएकाले यो व्यवसाय सञ्चालन गर्न सहज र आम्दानी राम्रो हुने गरेको अमरगढी नगरपालिका–६ भजनपुरकी मौरीपालक कृषक शोभा भट्ट बताउँछिन् ।

व्यावसायिक मौरीपालन गर्न गराउन कृषि ज्ञान केन्द्रले पकेट क्षेत्र तोकेर कृषकलाई आवश्यक पर्ने घारका साथै व्यवसाय गर्न आवश्यक अन्य औजारमा समेत २५ देखि ५० प्रतिशतसम्मको अनुदान उपलब्ध गराउँदै आएको छ । युवा लक्षित कार्यक्रमतर्फ अनुदान रकमसमेत उपलब्ध गराउने गरिएको छ । जिल्लाभरि ५६० भन्दा बढी कृषक यो व्यवसायमा आबद्ध रहेको जनाइएको छ ।

अमरगढी नगरपालिका ३०० घार, परशुराम नगरपालिकामा एक हजार, आलिताल गाउँपालिका, एक हजार ५००, नवदुर्गा गाउँपालिकामा ४५०, अजयमेरु गाउँपालिका ५०० घार, गन्यापधुरा गाउँपालिका २२५ घार र भागेश्वर गाउँपालिका ५०० घार गरी चार हजार ४७५ आधुनिक, अन्य मुडेघारलगायत क्षेत्रहरुमा मह उत्पादनमा पकेट मानिन्छन् ।

यहाँका कृषकले स्थानीय ‘एपी सेरेना’ जातको मौरीपालन गर्दै आएका छन् । पछिल्लो समय जिल्लामा माहुरीपालन व्यवसाय फस्टाउँदै जाँदा यो व्यवसायबाट कृषकले वर्षेनि करोडौँ आम्दानी गर्न सफल भइरहेका छन् । योसँगै यसमा संलग्न किसानको आर्थिक जीवनस्तरमा सकारात्मक परिर्वतन आएको अनुभव स्वयम् कृषकको छ ।

व्यवसाय फस्टाउँदा स्थानीयस्तरमा पहिलेको तुलनामा रोजगारीसमेत सिर्जना भइरहेको छ । यो जिल्ला मह तथा घार निर्यातका लागि मुख्य जिल्लाका रुपमा स्थापित हुन थालेको देखिएको छ । जिल्लामा आधुनिक घारका साथै परम्परागत खोपे घारमा मह उत्पादन भइरहेकोे छ ।

मौरीपालक किसानको समूहगत आम्दानी वर्षनि दशौँ करोड रूपैयाँ रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ र मौरीपालनप्रतिको आकर्षणलाई ध्यानमा राखी कृषि ज्ञान केन्द्रले सीप विकास, बजार र चरन प्रवद्र्धनलाई प्राथमिकतामा राखिएको जनाएको छ ।

सिँचाइ सुविधा नचाहिने र कम लगानीमै व्यवसाय गर्न सकिने तथा उच्च बजार सम्भावना भएकाले यो व्यवसायप्रति आकर्षण बढिरहेको हो । जिल्लाको भित्री मधेश क्षेत्रका आलिताल गाउँपालिका र परशुराम नगरपालिका क्षेत्र मौरीको मुख्य पकेट क्षेत्रका रुपमा रहेका छन् ।

कृषि ज्ञान केन्द्रका अनुसार गत आर्थिक वर्षमा तीन करोड ६० लाखको मह र ६७ लाख ९० हजारको मौरीको गोला बिक्री भएको थियो । थौरै मिहिनेतमा पनि मनग्य आम्दानी हुने भएकाले मौरीपालन रोजाइमा पर्न थालेको किसानको भनाइ छ ।

जिल्लामा झण्डै ५६० परिवारले मौरीपालन गर्दै आएका छन् । हरेक वर्ष युवा लक्षित मौरीपालन कार्यक्रमबाट अनुदान उपलब्ध गराउन थालिएसँगै यो कार्यक्रमतर्फ युवाहरुको आकर्षण पनि बढेको छ । यस वर्ष जिल्लाको पकेट क्षेत्रका रुपमा रहेको आलिताल गाविस र गांखेत गाविसमा मौरीपालन गर्न युवा लक्षित मौरीपालन कार्यक्रम छनोट गरिएको जनाइएको छ ।

जिल्लामा उत्पादन हुने मह सुदूरपश्चिम प्रदेश तराईका जिल्ला कैलाली र कञ्चनपुरका साथै पहाडका अन्य जिल्लामा बिक्री हुने गरेको छ । तराईका जिल्लामा पहाडका जिल्लाबाट आउने महको ठूलो माग हुने गरेको छ । कैलालीका स्थानीयवासी चेतराज भट्टले भने, “तराईमा उत्पादन हुने महको तुलनामा पहाडका जिल्लाको महको गुणस्तर निकै राम्रो हुने गरेको छ ।”

डडेल्धुरा जिल्लामा कूल जनसङ्ख्याको १४ प्रतिशत दलित समुदाय रहेको छ । दैनिक ज्याला र मजदूरी गरेर दिनचर्या बिताउँदै आएका दलित महिला कृषि ज्ञान केन्द्रले सञ्चालन गरेको युवा लक्षित मौरीपालन कार्यक्रमबाट अनुदान पाएपछि व्यावसायिक मौरीपालनमा सक्रिय हुन थालेका छन् ।

खासगरी जिल्लाको आलिताल गाउँपालिका–४ जालटुडाकी पुनादेवी कामीसहितका दलित महिला यो कार्यक्रमबाट लाभान्वित भइरहेका छन् । मौरीपालनबाट आम्दानी बढ्न थालेपछि कतिपय परिवारले आफ्नो निजी लगानी पनि बढाउन थालेका छन् ।रासस

मङ्गलबार, माघ २०, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.