• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

भारतमा बर्ड फ्लू देखिएपछि नाकामा कडाइ

"नाकामा कडाइ "

काठमाडौं, पौष २३/ करीब १ सातादेखि भारतमा देखिएको बर्ड फ्लू रोगका कारण भारतको विभिन्न राज्यमा हाँस तथा चराहरू मर्न थालेपछि नेपालले सुरक्षा सतर्कताका लागि दक्षिणी नाकामा कडाइ गर्ने भएको छ ।

नेपालमा बर्ड फ्लू फैलिन नदिनका लागि नाकामा कडाइ गर्ने तयारी भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले भारतसँग सिमाना जोडिएका तराईका जिल्लाहरूमा सुरक्षा सर्तकता अपनाउन जिल्ला पशु कार्यालयलगायत सम्बद्ध निकायमा खबर गरिसकेको मन्त्रालयका प्रवक्ता डा। श्रीराम घिमिरेले जानकारी दिए ।

उनका अनुसार मन्त्रालयले जिल्ला तथा स्थानीय निकायहरूलाई सुरक्षा व्यवस्थाका लागि आवश्यक पर्ने थप जनशक्ति तथा मेशिनरी सामग्रीहरू चाहिएमा पनि जानकारी गराउन निर्देशन दिइसकेको छ ।

नेपालमा बर्ड फ्लूको संक्रमण आउन नदिन तथा आइहालेमा रोकथामका प्रक्रिया अघि बढाउने बारेमा योजना बनाउन पशुसेवा विभागले समेत तयारी थालेको बताइएको छ । पशुसेवा विभागका सूचना अधिकारी डा। चन्द्र ढकालका अनुसार बिहीवार विभागले नेपालमा बर्ड फ्लू भित्रिन नदिने उपाय अवलम्बन गर्न छलफल थाल्ने भएको छ ।

भारतको उत्तरी राज्य हिमाचल प्रदेशदेखि केरला, इन्दोर, हरियाणालगायत क्षेत्रमा समेत बर्ड प्mलूको ठूलो असर देखिएपछि त्यहाँको संघीय सरकारले संक्रमणलाई थप फैलिन नदिन उच्च सर्तकता अपनाउनुका साथै अल्पकालीन उपायहरू समेत अवलम्बन गर्न थालेको खबरहरू सार्वजनिक भएका छन् ।

बीबीसीका अनुसार बर्ड फ्लू देखिएपछि भारतमा हजारौं पक्षी मारिँदै छन् । त्यसैगरी केही जिल्लामा पक्षी विक्री गर्ने पसलहरू बन्द गरिनुका साथै अण्डा विक्रीमा समेत रोक लगाइएको छ । बीबीसी हिन्दीसेवाले उल्लेख गरेअनुसार उत्तरी राज्य हिमाचल प्रदेशमा साइबेरिया र मंगोलियाबाट बसाइँसराइ गर्दै आएका करीब २ हजार ४ सय खोया हाँसहरू मरेका छन् । यसका साथै केरला राज्यमा समेत १२ हजार हाँसहरू मरेपछि राज्यको मापदण्डअनुसार विभिन्न ३६ हजार पक्षी मारिएको छ ।

नेपालमा पहिलोपटक सन् २००९ मा वर्ड फ्लू देखिएको थियो भने सबैभन्दा ठूलो क्षति सन् २०१३ मा पुर्‍याएको थियो । त्यसबखत काठमाडौं, चितवन, धादिङ, झापादेखि कैलालीसम्म गरी नेपालका २ सय १ ओटा ब्रोइलर र लेर्यस कुखुराका फार्महरूमा यसको संक्रमण फैलिएको थियो ।

नेपालमा त्यति सजिलै यसको संक्रमण फैलिन नसक्ने दाबी मन्त्रालयले गरेको छ । यद्यपि भारतसँग सिमाना जोडिएका तराईका जिल्लाहरूमा भने ओसारपसार कायम हुने सम्भावना नै रहेको छ । भारतमा फ्लू देखिएपछि उताको कुखुराको मूल्य सस्तो हुने हुँदा सीमा बजारका व्यापारीहरूले खुला सिमानाको फाइदा उठाउँदै कखुरा ओसारपसार गर्ने भएकाले संक्रमण फैलिने सम्भावना भने कायमै छ ।

कुखुराको मासुको मूल्य ५४ प्रतिशतले बढ्यो
बन्दाबन्दीपश्चात् ब्रोइलर कुखुराको मासुको मूल्य ५४ प्रतिशतले बढेको छ । बन्दाबन्दी खुलेसँगै होटेल, रेस्टुराँ, पार्ट प्यालेसलगायत क्षेत्र खुल्न थालेपछि उपभोग बढेका कारण मासुको मूल्य बढेको हो ।

मासु व्यवसायी संघअनुसार यसअघि भदौ तेस्रो सातासम्म कुखुराको मासुको मूल्य प्रतिकिलो २ सय ४० रुपैयाँ थियो । त्यस यता सामान्य अवस्थामा वृद्धि भएको मासुको मूल्य विगत १ सातादेखि ३ सय ७० रुपैयाँ प्रतिकिलो पुगेको थियो ।

बन्दाबन्दीको समयमा कुखुराको मासुको खपत घटेर करीब ३० प्रतिशतमा झरेको थियो । अहिले सबै क्षेत्र खुला भएसँगै उपभोग पनि बढेर ६० प्रतिशत पुगेको छ मासु व्यवसायी संघका अध्यक्ष जंगबहादुर बीसीले जानकारी दिए ।

जाडो महीनामा किसानहरूले कुखुराको उत्पादन कम गर्ने भएकाले त्यसको असर मूल्यमा परेको पनि उनले बताए । किसानले उत्पादन कम गर्न थालेपछि नेपाल ह्याचरी उद्योग संघले समेत चल्लाको उत्पादन घटाएको छ ।

सामान्य अवस्थामा ह्याचरी उद्योगले सातामा ४२ लाख चल्ला उत्पादन गर्ने गर्दथ्यो । तर, हाल सातामा ३२ लाख मात्रै नयाँ चल्ला उत्पादन भइरहेको ह्याचरी उद्योग संघले बताएको छ ।

बिहिबार, पुष २३, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.