धनगढी, पुस २१/धनगढीको कैलाली बहुमुखी क्याम्पसमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछी पठनपाठन बन्द भएको छ।
क्याम्पसका कर्मचारीना संक्रमण देखिएपछि भौतिक रुपले कक्षाहरु सञ्चालन गर्न नसकिने भन्दै यहि पुष २१ गते देखि २५ सम्मका लागि पठनपाठन स्थगित गरिएको क्यामपस प्रमुख पदम राज जोशीले बताए।।
क्यामपसले एक सुचना जारी गर्दै स्नातक तह र स्नातकोत्तर तहका आन्तरिक र बाह्य परिक्षा पुर्व निर्धारित समय र तालिकामै हुने जनाएको छ।
