• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

राजस्वको लक्ष्य भेट्न कठिन

"लक्ष्य भेट्न कठिन "

काठमाडौं, पुस २१/ चालू आर्थिक वर्ष ९आव० २०७७र७८ मा लिएको राजस्व संकलनको लक्ष्य भेट्न कठिन हुने देखिएको छ ।

उत्तरी नाकामा निरन्तरको अवरोध र कोभिड–१९ का कारण आर्थिक गतिविधिमा संकुचन आउँदा सरकारले चालू वर्षमा लिएको लक्ष्य भेट्न नसक्ने अवस्था आएको छ ।

अर्थ मन्त्रालयका अनुसार मङ्सिरसम्ममा भन्सार महसुलमा लक्ष्यको २ अर्ब कम राजस्व संकलन भएको छ भने कर राजस्वतर्फ लक्ष्यको २५ अर्ब कम संकलन भएको छ । त्यस्तै, गैरकरतर्फ १२ अर्ब ९८ करोड राजस्व कम संकलन भएको छ । मङ्सिरसम्ममा कुल राजस्व लक्ष्यभन्दा करीब ३९ अर्ब कम संकलन भएको देखिएको अर्थका अधिकारीहरू बताउँछन् ।

संकटका बेला आयात बढ्ने अनुमान अर्थका अधिकारीहरूले गरे पनि पछिल्लो समय कतिपय वस्तुको आयात घटेको उनीहरू बताउँछन् । त्यसले पनि राजस्वको लक्ष्य भेट्न चुनौती थपिदिएको अधिकारीहरूको भनाइ छ ।

त्यसो त मुलुकमा कोभिडका कारण आर्थिक गतिविधि कमजोर हुँदा राजस्व संकलनमा सरकारलाई अप्ठ्यारो पर्दै आएको छ । विकासका गतिविधिहरूलाई सरकारले तीव्रता दिन नसक्दा पनि निर्माण सामग्री, उपकरण, पेट्रोलियम पदार्थलगायत वस्तुको आयात बढ्न नसकेको अर्थका अधिकारीहरू बताउँछन् ।

यससँगै, राजस्व संकलनको लक्ष्यलाई संशोधनसँगै नयाँ लक्ष्य भेटाउन थप रणनीतिसमेत चालू वर्षको बजेटको मध्यावधि समीक्षामार्फत गर्नुपर्ने दबाबमा सरकार परेको छ ।

‘कोभिड–१९ को प्रभाव र उत्तरी नाकामा देखिएको अवरोध कहिलेदेखि अन्त्य हुने हो भन्नेबारे नै अन्योल देखियो, यसले राजस्व संकलनमा प्रत्यक्ष असर गरिरहेको छ,’ राजस्व महाशाखा प्रमुख रामेश्वर दंगालले बताए । उनका अनुसार भन्सार, आन्तरिक राजस्व, गैरकरतर्फ लक्ष्य भेट्न सकिएको छैन । भन्सार बिन्दुमा देखिएको कतिपय अवरोध, आन्तरिक उत्पादनमा आएको गिरावट, सेवातर्फ कोरोनाले पारेको असरले गैरराजस्व संकलनमा ठूलो मात्रामा असर परेको दंगाल बताउँछन् ।

उनका अनुसार अहिले पर्यटन, शिक्षण संस्थातर्फको राजस्व संकलन पूर्णरूपमा प्रभावित भएको देखिन्छ । त्यस्तै, भन्सारतर्फ चालू वर्षको शुरुआतदेखि नै चीनतर्फको मुख्य नाका तातोपानी र रसुवागढीमा निरन्तर अवोध आइरहेको छ । नाका सुचारू हुन नसक्दा सामान बोकेका सयौं कन्टेनरहरू बीच बाटोमा नै अलपत्र परेको व्यवसायीहरूले बताउँदै आएका छन् । यसले समेत राजस्व संकलनमा ठूलो असर पारेको छ । अर्थ मन्त्रालयले उत्तरी नाका खुलाउनका समन्वयकारी भूमिका खेल्न परराष्ट्र र वाणिज्य मन्त्रालयलाई आग्रह गरे पनि अझैसम्म ती नाका सहज रूपमा कहिले खुल्ने हुन् भन्नेमा अन्योल कायमै रहेको अधिकारीहरू बताउँछन् ।

मङ्गलबार, पुष २१, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.