• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बैतडीमा निजी नर्सरीलाई बिरुवा बिक्री गर्न रोक

"बिरुवा बिक्री गर्न रोक "

बैतडी, १९ पुस/ हाडे ओखरलाई दाँते ओखरको कलमी बिरुवा भनी बिक्री गर्न खोज्ने एक नर्सरीधनीको निजी नर्सरीबाट बिरुवा बिक्री गर्न रोक लगाइएको छ ।

जिल्लाको दशरथचन्द नगरपालिका–१ स्थित बासुलिङ्ग निजी नर्सरीका सञ्चालक रमेश भट्टले दाँते ओखर भनेर हाडे ओखरको बिरुवा उपलब्ध गराएको पाइएपछि नर्सरीबाट उत्पादित बिरुवा बिक्रीमा रोक लगाइएको सुक्खा फलफूल विकास केन्द्रका प्राविधिक सहायक अर्जुन खड्काले जानकारी दिए ।

केन्द्रले जिल्लास्थित सबै नर्सरीको सूची बनाएर बोटबिरुवा बिक्रीका लागि सहजीकरण गर्दै आएको छ । उनले भने, “सो निजी नर्सरीबाट १४० ओटा ओखरका बोट ल्याएकोमा ती सबै बोट हाडे ओखरका रहेका पाइएको छ ।”

हाडेओखरको बोटमै चक्कुले सानो घाउ बनाएर प्लास्टिक बेरेर दाँते ओखरको बिरुवा भन्दै सुक्खा फलफूल विकास केन्द्रमा ती बोटहरु पुर्याइएको थियो । ती बोटहरु हेर्दा सबै हाडेओखर भएकाले नर्सरीधनीलाई फिर्ता गरेको र अबदेखि सो नर्सरीबाट कारोबार नगर्ने खड्काले बताए । उनले भने, “हाडे ओखरमा चक्कुले सानो घाउ बनाएर प्लास्टिक बेरेको रहेछ ।

हामीले बिरुवा हेर्दा मात्रै थाहा पायौँ ।” बैतडीको बिरुवा देशका विभिन्न ठाउँमा बिक्रीका लागि लैजाने गरेकाले यस्तो ठगी कार्य नगर्न केन्द्रले सबै नर्सरीलाई सचेत समेत गराएको छ । यस्तो भेटिएमा कानूनअनुसार कारवाहीसमेत हुने केन्द्रले जनाएको छ ।

बासुलिङ्ग निजी नर्सरीका सञ्चालक रमेश भट्टले आफूले थाहा नभएर बिजु ओखरको बोटमा बिजुको हाँगा कलमी गरेको जिकिर गरे । उनले भने, “मैले बिक्री गरेका बिरुवा फिर्ता लिइसकेको छु, थाहा नभएर यस्तो हुन गएको हो ।” बैतडीमा २० भन्दा बढी निजी नर्सरी र सुक्खा फलफूल विकास केन्द्रबाट बर्सेनि हजारौँ हिउँदे तथा बर्खे फलफूलका विरुवा बिक्री हुने गरेको छ ।रासस

आइतबार, पुष १९, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.