• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सहजपुर-बोगटान सडक : दुई वर्षमा ३३ प्रतिशतमात्रै प्रगति

"'रुख कटानी आदेश नपाउँदा कालोपत्रेमा ढिलाइ' "

डोटी, १४ पुस/ ‘आज शिलान्यास भएको छ, भोलि नै पिच हुन्छ भनेर नसोच्नु होला । भोलिदेखि धुलो उड्यो भने प्रधानमन्त्रीले शिलान्यास गरेको सडकमा धुलो उड्यो भनेर आलोचना नगर्नु होला । ३० महिनाभित्र पिच भइसक्छ, अनि सररर गुड्छ गाडी । ३० महिना पर्खिनुहोला ।’

२०७५ साल फागुन ७ गते डोटीको बीपीनगरमा सहजपुर(बोगटान सडक कालोपत्रे आयोजनाको शिलान्यास गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको भाषणको अंश हो यो । सडक काटिएको झण्डै ४० वर्षपछि कालोपत्रे हुन लागेको सहजपुर(बोगटान सडकको शिलान्यासका क्रममा ओलीले तोकिएको समयमै कालोपत्रे सम्पन्न हुने बताएका थिए । तर, ठेक्का सम्झौता भएको दुई वर्ष बित्दासमेत कालोपत्रेको काम ३३ प्रतिशतमात्रै हुनुले प्रधानमन्त्रीको त्यो दाबी झुटो हुने निश्चित देखिएको छ ।

कहिले सडक कालोपत्रे होला र सुरक्षित यात्रा गर्न पाइएला भन्ने आशमा बसेका स्थानीयवासीहरु प्रधानमन्त्री स्वयंले कालोपत्रेको शिलान्यास गर्दा आशावादी भएका थिए । तर सम्बन्धित निकायले सडकमा पर्ने रुख कटानी आदेश दिन ढिलाइ गरेका कारण कालोपत्रेको काम प्रभावित भएको छ ।

‘काम त भइरहेको छ तर जुन गतिमा हुनु पर्ने हो त्यसरी भएको छैन,’ कैलाली चुरे गाउँपालिका(२ का स्थानीयवासी भन्छन्, ‘वन क्षेत्रमा रुख कटानी आदेश नपाइएका कारण ढिलो भयो भन्छन्, यो आदेश पाइने हो किन पाइने पो हो ।’

कटानी आदेश नपाइए कालोपत्रे नहुने र फेरि आफूहरुले धुले सडकमै असुरक्षित यात्रा गर्नु पर्ने पो हो कि भन्ने चिन्ता छ उनीलाई ।

वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन ९ईआईए० स्वीकृत भएको एक वर्ष बितेको छ । २०७६ साल मंसिरमा ईआईए स्वीकृत भएको निर्माता कम्पनी पिआरएल(कुमार जेवीका आयोजना सम्पर्क प्रवन्धक ईश्वर बस्नेत बताउँछन् । ‘कालोपत्रे हुने ५० किलोमिटरमध्ये ४१ किलोमिटर वन क्षेत्रमा पर्छ,’ बस्नेतले भने, ‘एक वर्ष ईआईएले ढिलो गर्यो, थप एक वर्ष कटानी आदेश नआएर ढिलो भयो ।’ उनले कटानी आदेश नपाएकै कारण निर्माण कार्यमा ढिलाइ भएको बताए ।

‘१० किलोमिटर सडक हामी कालोपत्रे गर्ने चरणमा पुसिकेका छौं,’ बस्नेतले भने, ‘भक्तपुरदेखि १० किलोमिटरको काम माघ १५ देखि सुरु हुन्छ ।’ उनले थपे, ‘बाँकी काम अगाडि बढ्न त कटानी आदेश नआएसम्म गाह्रो छ ।’ आफूहरुले मिल्ने कामजति रुख छल्दै काम गर्दै गरेको बताउँदै बस्नेत भन्छन्, ‘अब सम्झौता अवधीका काम हुने सम्भावना छैन ।’

वन क्षेत्रको भोगाधिकारको निर्णय नभएका कारण समस्या भएको सहजपुर बोगटान दिपायल सडक योजना कार्यालयका योजना प्रमुख उज्ज्वल श्रेष्ठले बताए । ‘प्रधानमन्त्रीस्तरीय निर्णयबाट सहजीकरण गर्ने भन्ने परिपत्र आएको थियो,’ श्रेष्ठले भने, ‘सोहीअनुसार हामीले पहलसमेत गरेका छौं ।’ उनले फाइल भौतिक पूर्वाधार मन्त्रालयमा पुगेको र अब मंगलबारसम्म वन मन्त्रालयमा पुग्ने बताए । वन मन्त्रालयले समयमै काम गरिदिए र मन्त्रिपरिषदले निर्णय गरे कटानी आदेश पाइने उनले वताए ।

श्रेष्ठका अनुसार उक्त योजना तोकिएको समयभन्दा झण्डै डेढ वर्ष पछाडि धकलिने देखिएको छ । ‘३० महिनाको योजना हो, ६ महिना त हामीले पहिले नै म्याद थप गरेका थियौं,’ श्रेष्ठले भने, ‘तर यो अवधीमा पनि काम हुन सक्ने अवस्था छैन ।’ थप एक वर्ष म्याद थप्नु पर्ने उनले बताए ।

किन ढिलो भयो त कटानी आदेश रु श्रेष्ठ हाँस्दै भन्छन्, ‘त्यो त हामीलाई भन्दा पनि वन मन्त्रालयलाई सोध्नु पर्‍यो।’

सडकका कारण भत्काउनु पर्ने घरको मुआब्जाको विषयमा परामर्शदाताको टोलीले प्रतिवेदन तयार गरिसकेको र उक्त प्रतिवेदन शहरी विकास तथा भवन निर्माण कार्यालयमा पेस भएको श्रेष्ठ बताउँछन् ।

गत वर्ष कात्तिकमा निर्माता कम्पनीका सम्पर्क व्यक्ति बस्नेतले यदि ईआईए र मुआब्जाको विषय छिटो टुंगो लागे काम द्रुत गतिमा हुने बताएका थिए । ‘हामीले १३ वटा मेसिन साइडमै राखेका छौं, दुई मेसिन फेरि आउँदैछन्,’ उनले भनेका थिए, ‘तर मेसिन काम नपाएर थन्किएका छन् ।’ उनले समयमै ईआईए र मुआब्जाको काम भइदिए समयमै काम सकिने उनको दाबी थियो ।

ईआईएको काम छिटै टुंगिने तत्कालीन सडक सुधार तथा विकास आयोजना अन्तरगतको सहजपुर(बोगटान सडक आयोजना प्रमुख कल्पना अधिकारीले बताएकी थिइन् । अधिकारीको दावीअनुसार सोही मंसिरमा ईआईए त भयो तर रुख कटानी आदेश दिइएन ।

कैलालीको सहजपुरदेखि डोटी बडीकेदारको गाडेबाँजसम्म ५० किलोमिटर सडक कालोपत्रेका लागि ५ डिसेम्बर २०१८ मा पिएलआर(कुमार जेवीसँग सम्झौता भएको थियो । सम्झौताअनुसार १७ जुन सन् २०२१ मा सात मिटर चौडा कालोपत्रे र कालोपत्रेको दाँया(बाँया एकरएक मिटर सोल्जर ९ग्रावेल० सडक निर्माण गरिसक्नु पर्नेछ ।

एक्जिम बैंक अफ इन्डियाको ऋण सहयोगमा निर्माण हुन लागेको उक्त आयोजनाको सम्झौता रकम एक करोड ९६ लाख ९३ हजार तीन सय १२ अमेरिकी डलर रहेको छ ।अनलाइन खबरबाट

मङ्गलबार, पुष १४, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.