धनगढी, ८ पुस/ सुदूरपश्चिममा पहिलोपटक धनगढीस्थित कैलाली अस्पतालमा हाडजोर्नी तथा मेरुदण्डको शल्यक्रिय सेवा सुरु भएको छ ।
अस्पतालले बुधबार पत्रकार गर्दै सुदूरपश्चिममै पहिलो पटक हाडजोर्नी तथा मेरुदण्डको शल्यक्रिया सेवा सुरु गरिएको जानकारी दिएको छ ।
अस्पतालका सञ्चालक जनकराज जोशीले हाडजोर्नी तथा मेरुदण्डको शल्यक्रियाका लागि काठ्माडौं धाउनुपर्ने बिरामीको बाध्यतालाई ध्यानमा राखेर सेवा सञ्चालन गरिएको बताए ।
सेवा सुरु गरेदेखि हालसम्म २ जनाको मेरुदण्डको सफल शल्यक्रिया समेत गरिएको जोशीले बताए । उनले आउँदो एक महिनाभित्र एनआईसीयू र आईसीयू सेवा, मुटु रोग सम्बन्धि सेवा पनि सञ्चालन गर्ने तयारी गरिएको बताए।
धनगढीको मुख्य सडकमा रहेको कैलाली अस्पताल अहिले झण्डै ८ करोडको लगानीमा निर्माण गरिएको आफ्नै नयाँ भवनमा सञ्चाल गरिएको छ।
अस्पतालका हाडजोर्नी तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर ज्ञानेन्द्र जोशीले सबैप्रकारका शल्यक्रिया सेवा धनगढीमा उपलब्ध हुने बताए ।
उनले सेवा सुरु गरेको एक हप्ताको अवधिमा अस्पतालमा हाडजोर्नी तथा मेरुदण्ड सम्बन्धिका विरामीलाई सेवा दिइएको बताए।
