• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

डोटीमा व्यावसायिक कालिजपालन सुरु

धनगढी, पुस १/ डोटीको पूर्वी क्षेत्रको बोगटान फुड्सिल गाउँपालिका–५ धिर्कामाण्डौँमा व्यावसायिक रुपमा काजिलपालन सुरु गरिएको छ। स्थानीयवासी युवा देवबहादुर बोहरासहितका चार जनाले संयुक्त रुपमा कालिज बहुउदेश्यीय फार्म खोली व्यावसायिक रुपमा कालिजपालन सुरु गरेका हुन।

काठमाडौँ र कैलालीबाट कालिजका चल्ला ल्याएर गाउँमा फार्म खोली उनीहरुले व्यवसाय सुरु गरेका छन्। २१ लाख ९७ हजार लागतमा ५०० चल्ला राखेर कालिजपालन सुरु गरिएको सञ्चालक बोहराले बताए। उनले भने ,“चार जना मिलेर कालिजपालन व्यवसाय शुरु गरेका छौँ, राम्रै फष्टाउने आस गरेकाछौ।”

उक्त फार्मले निकट भविष्यमा ‘ह्याचरी’ शुरु गर्ने तयारी गरेको सञ्चालक बोहराको भनाइ छ। धिर्कामाण्डौँ गाउँको डाँडा घेरबार गरेर कालिजपालन व्यवसाय सुरु गरिएपछि अहिले उनको फार्ममा कालिज हेर्न तथा किन्न आउनेको भीड बढ्न थालेको स्थानीयवासी गणेश बमले बताए। उनले भने “हामीले जङ्गलमा मात्रै कालिज देखेका थियौँ, अहिले देबबहादुरले घरैमा कालिजपालन सुरु गरेपछि किन्न र कालिज हेर्नकै लागि भए पनि स्थानीयवासीको भीड बढ्ने गरेको छ।”

कालिज व्यवसाय फष्टाउँदै गए फार्मको थप विस्तारसँगै यहाँका मुख्य शहरमा कालिज रेष्टुरेष्ट खोल्ने तयारी भइरहेको बोहराले बताए। उनले थपे ,“गाउँमा कालिज हुर्काउने, पालन गर्ने काम गर्छौँ, दिपायल वा कैलालीमा कालिज रेष्टुरेन्ट स्थापना गरेर कालिज पारखीलाई सेवा दिने छौँ।” कालिजपालक किसान बोहराले हाल प्रति एक केजीको भाले कालिज तीन हजारमा बिक्री गरेका छन्।

सुदूरपश्चिम प्रदेशमा कैलाली जिल्लापछि डोटीमा पनि कालिजपालन सुरु गरिएको हो। कालिजपालन व्यवसाय गर्ने बोहरा सुदूरपश्चिम प्रदेशकै दोस्रो किसान भएको पशुसेवा विज्ञ केन्द्र तथा भेटनरी अस्पताल सिलगढीका प्रमुख खडकबहादुर शाहले जानकारी दिए। नेपालमा कालिजपालन नयाँ व्यवसाय भएको र जिल्लाको ग्रामीण क्षेत्रमा किसानले ठूलो लगानी लगाएर कालिजपालन गर्नु प्रशंसनीय कार्य भएको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताए।

उनले भने, “नेपालमा कालिजपालन व्यवसाय नौलो हो, गाउँमा युवाहरुले ठूलो लगानीमा उक्त व्यवसाय सुरु गरेका छन्, गाउँपालिकाले पनि आफ्नो तर्फबाट कालिजको बजारीकरणदेखि अन्य गर्नसक्ने सहयोग गर्ने छ।”
डोटीमा कालिजपालन नौलो व्यवसाय भएका कारण कालिजपालनले राम्रो आम्दानीसहित आयस्रोतको उच्च सम्भावना रहेको कृषि ज्ञान केन्द्र डोटीका प्रमुख नरेन्द्र पनेरुले बताए। उनले भने, “कुखुरापालनका लागि त अनुदान मिल्छ भने कालिजपालनका लागि पनि हामी अवश्य सहयोग गर्ने छौँ, व्यवसाय फष्टाउनु पर्‍यो।”

प्रदेश तथा स्थानीय सरकारले यहाँका युवा उद्यमीलाई स्वरोजगार बनाउन पछिल्लो समय कृषि व्यवसायमा लगानी गर्न थालेपछि गाउँगाउँमा नयाँ किसिमका व्यवसायको थालनी गरिन थालिएको संविधानसभा सदस्य यज्ञराज पाठकले बताए।

उनले भने,“प्रदेश तथा स्थानीय सरकारले युवा लक्षित गरी ल्याएको कार्यक्रम प्रभावकारी छ, जसले गर्दा बेरोजगार भएका युवा स्वरोजगार हुने तथा आर्थिकस्थिति बलियो बन्ने देखिन्छ।”

बुधबार, पुष ०१, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.