टेक सिँह धामी/ धनगढी, मंसिर २८/ बैतडीको डिलाशैनी गाउपालिकामा पुस ५ गते सम्मको लागि लकडाउन लम्ब्याएको छ । आज बसेको बिपद ब्यवस्थापन समितिको बैठकले एक हप्ता लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
यस अघि २६ गते सम्म लकडाउन गरिएमो आज गाउपालिका अध्यक्ष उकेन्द्र बहादुर बोहराको अध्यक्षतमा बसेको बिपद ब्यवस्थापन समितिको बैठकले थप १ हप्ता पुस ५ गते सम्म लकडाउन थप्ने निर्णय गाउपालिकाका प्रमुख प्रसासकिय अधिकृत पंख बहादुर साहले बताए।
लकडाउन अवधिभर बिद्यालय पुर्ण रुपमा बन्द हुने, पसलहरु बिहान ८ बजे देखि ९ बजे सम्म मात्रै खुला गर्न पाउने र औषधी पसलहरु, एमबुलेन्स सेवा भने सञ्चालन हुने साहले बताए।
डिलाशैनी गाउपालिकामा हालसम्म १७ जना सक्रिय संक्रमित रहेका छन ।
