लम्की, १९ मंसिर/ कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर २ र ५ मा पर्ने महोनलाल सामुदायिक बन भित्र निमार्ण गर्न लागिएको नगर बाल उद्यानको लागि खनीएको खाल्डोमा पुरीएर एक बालकको मृत्यु भएको छ ।
लम्कीचुहा नगरपालिका वडा नम्बर २ का जमान सिंह धामिका १० बर्षिय छोरा जनक धामिको खाल्डोमा पुरीएर मृत्यु भएको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।
साथिहरु संग खेल्दै गरेको अवस्थामा माटोको ढिस्कोखस्दा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
