• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

निरन्तर १६ बर्ष देखि पुलमुनि बास

कञ्चनपुर,२४ असोज । पूर्व पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुर जिल्लाको बनहरा नदी किनारमा त्रिपालको भरमा रहेको एउटा बस्ती छ। जहाँका प्रायः छाप्राहरू प्लास्टिक र झारपातमा माटोले लिपेर बनाइएका छन् । राजमार्गबाट झट्ट हेर्दा दुवैतर्फ दायाँ र बायाँ गरेर २६ ओटा झुपडीहरू छन्। जहाँ एउटै घरमा पाँचदेखि दश जनासम्म बस्छन् ।

अभाव र पीडामा बाँचेको सुकुम्बासी बस्तीको कथा हो यो। विक्रम सम्वत् २०६०ंर२०६२ तिर शिविरको रुपमा बसेको बस्ती नै पछि यो ठाउँको रुपमा परिणत भएको हो। आजभन्दा झण्डै सोह्ररसत्र वर्षअघि बसेका सुकुम्बासी बस्तीका मानिसहरू अहिले सम्म पुनर्स्थापना हुन सकेका छैनन्। सुरुमा एक दर्जन जति परिवार रहेको शिविरमा अहिले भने झण्डै दुई दर्जनभन्दा बढी परिवार बसोबास गर्दै आएका छन् ।

सरकारी तवरबाट शिविरको स्थानान्तरण तथा पुनर्स्थापना हुन नसक्दा सिङ्गो बस्तीका मानिसहरू राजमार्गको पुलमुनी बसोबास गरिरहेका छन् ।

शिविरमा बसोबास गर्नेमध्येका एक दलबहादुर बोहरा पनि हुन्। “२०६२ सालदेखि पुलकै भरमा आश्रय लिएर बसेका छौं, नामको बस्ती भन्ने मात्रै छ, बसोबास गर्न लायक केही पनि छैन”, दल बहादुरले सुनाए, “वर्षातमा पानीको डर हिउँदमा अनेक समस्या हुन्छ।”

उनीजस्तै बस्तीका अन्य मानिसहरू पनि स्थायी बसोबास नहुँदा पुलमुनी बस्न बाध्य छन्। बस्ती नजिकै बनहरा नदी भएकोले नदी कटानको डर हुने गरेको छ। विगतमा बस्तीको केही पर भएर बग्ने नदी अहिले कटान हुँदै बस्ती नजिकै पस्न लाग्दा मानिसहरू चिन्तित छन्। सुकुम्बासीलाई खान लगाउन समेत धौधौ भएको छ। विगतमा मजदुरी गरेर जीविका चलाउने सुकुम्बासीलाई अहिले भने कोरोनाका कारण थप पीडा भएको छ।

विगतमा मजदुरी लगायतका कामहरू गरेर पेट पाल्ने यहाँका मानिसहरू कोरोना पछि सुरु भएको लकडाउनले भोको बस्नु पर्ने अवस्थामा पुगेका हुन्। सुकुम्बासी बस्तीको उत्तर तर्फ करिब एक किलोमिटर जङ्गलको दूरीमा मसान घाट छ। आधारभूत आवश्यकताबाट टाढा रहेको सुकुम्बासी बस्तीमा खानेपानीको पनि समस्या छ। यताउतिबाट मागेको अन्नलाई पनि राति जङ्गलबाट हात्तीले आएर सबै सखाप पारिदिने गरेको स्थानीयको दुखेसो छ।

सुकुम्बासी बस्तीकै अर्की स्थानीय कलमती दमाईको पनि गुनासो उस्तै छ। परिवारको सङ्ख्या ठूलो भएको र बस्ने ठाउँ नहुँदा पुलमुनी रात काट्नु पर्ने बाध्यता भएको उनले बताइन्। “छोरा बुहारी, नाती नातिनासम्म मेरो एउटै परिवार छ, बसोबासको नाममा एउटा सानो कपडाले बेरेको झुपडी छ,” उनले भनिन्।

सुकुम्बासी बस्तीका धेरै जसो मानिस हिउँदरबर्खा सधैं पुलमुनी रात काट्ने गर्छन्। सरकाले आफूहरूलाई नहेर्दा पुलमुनि बस्नुपरेको सबैको एउटै स्वर छ।

सुकुम्बासी बस्ती किनारमै बहने दोदा नदीले समेत कटान गर्दै लगेपछि सुकुम्बासी परिवारलाई चिन्ता थपेको छ। निर्वाचनको समयमा समस्या सामाधान गर्छौं भनेर भोट माग्न आएका नेताहरुले पनि सुकुम्बासी बस्तीलाई दोस्रो पटक नियालेर नहेरेको गुनासो धेरैले गरे।

सुकुम्बासी बस्तीमा भनेजस्तो खानपानको अभावमा बालबालिका रोगको उच्च जोखिममा छन्। बालबालिका विद्यालयबाट समेत वञ्चित छन्। बस्तीको पूर्वतर्फ कृष्णपुर नगरपालिका रहे पनि त्यो भौगोलिक रुपमा टाढा पर्छ।

यता शुक्लाफाँटा नगरपालिकामा विद्यालय नजिकै भए पनि छोराछोरीलाई भर्ना गर्न मुश्किल हुने गरेको मथुरा देवी सार्कीले बताइन्। उनका अनुसार सरकारले माध्मिक तहसम्म निशुल्क शिक्षा भने पनि सुकुम्वासी बस्तीका बालबालिकालाई भर्ना गर्न समेत विद्यालयले आनाकानी गर्ने आएको उनले सुनाइन्।

शनिबार, असोज २४, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.