• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

धनगढीमा क्षेत्रीय शहरी विकास आयोजना अन्तरगतका सडक निर्माणका लागि सम्झौता

"आयोजना धनगढी विकासको सपना थियो : नगरप्रमुख वड "

घनगढी,२८ असार
धनगढी उप–महानगरपालिकामा क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गत धनगढीमा सडक निर्माणका लागि आयोजना र निर्माण कम्पनी बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

क्षेत्रीय शहरी विकास आयोजनाका प्रमुख परिक्षित कडरीया र कालिका कन्ट्रक्सनमा प्रतिनिधी प्रकाशचन्द्र खरेलले आईतबार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । सम्झौता पत्रमा निर्माण कम्पनीले निर्माणको काम २१ दिन भित्रै सुरु गर्ने र दुई बर्ष भित्र निर्माण सम्पन्न गर्ने उल्लेख गरिएको छ । एसियाली विकास बैंकको सहयोगमा संचालन भएको आयोजना अन्तरगतका अरु कामहरु सुरु भएपनि सडक र नाली निर्माणको काम अगाडी बढ्न सकेको थिए ।

क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत पहिलो चरणमा ७ वटा सडक निर्माण हुने भएका सम्झौतामा रहेको छ । पहिलो चरणमा गुल्म –चर्च रोड (२ हजार ७ मिटर) , धनगढी मेन रोड , ट्राफिक चौराहा देखि –कैलालीनाला ( १ हजार ३ सय ८० मिटर) , हुलाकी सडक–क्याम्पस रोड– जाखोरताल ( ७ सय मिटर) , क्याम्पस रोड– चटकपुर ( ३ हजार ६ सय ५० मिटर) , धनगढी – खुटीया स्याउले रोड ( ८ सय ७० मिटर ) , मालपोत रोड ( ४ सय ३० मिटर र हसनपुर रोड ( १ हजार १ सय ५० मिटर) रहेको छ ।
निर्माण कम्पनी संग सम्झौता भएर सडक निर्माणको चरणमा प्रवेश गरेका छौं नगरप्रमुख वडले भने, कार्यान्वयनमा सहयोग गर्न आम नगरवासीमा अनुरोध गर्दछौं । यो धनगढी विकासको सपना बोकेको आयोजना हो नगरप्रमुख वडले भने, त्यसैले नगरवासीको सपना पनि यस आयोजना संग जोडिएको छ । क्षेत्रीय शहरी विकास आयोजना अन्तरगत धनगढीमा सडक निर्माणको सम्झौता भएपछि नगरप्रमुख वड निकै प्रफुल्लीत मुद्रामा देखिन्थे ।

धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले नगरको विकासका लागि नगरवासीले हातेमालो गर्नुपर्ने बताईन । उनले भनिन्, ठूलो आयोजना हो कार्यान्वयनमा सबैले सहयोग गरौं ।
ठेक्का प्रकृयामा केहि समस्या भएर काममा केहि ढिलाई भएको हो क्षेत्रीय शहरी विकास आयोजनाका प्रमुख परिक्षित कडरीयाले भने, आज सम्झौता भएको छ सबै काम समयमा सम्पन्न हुनेमा ढुक्क छौं । कालिका कन्ट्रक्सनमा प्रतिनिधी प्रकाशचन्द्र खरेलले सम्झौता अनुसार काम सुरु गर्ने बताए ।

धनगढी उपमहानगरपालिकामा ४२ किलोमिटर सडक विस्तारकालागि २०१५ मा छुट्टयाइएको एक अर्ब ३५ करोड रुपैयाँ बजेट साढे १० किलोमिटर सडक निर्माणका लागिमात्रै पुग्ने भएकाले चरणवद्ध रुपमाकाम थालेको धनगढी उप–महानगरपालिकाका डिभिजनल ईन्जीनियर द्धीजराज भट्टले बताए । पहिलो चरणमा ६८ करोड ५ लाख ९८ हजार ७ सय ४ रुपीयाँको ठेक्का कालिका कन्ट्रक्सनले पाएको छ ।

संरचना आफै हटाउने घरधनीलाई सम्मान गर्ने योजना

क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गतको सडक निर्माणमा सहयोग पु¥याउने घरधनीलाई उप–महानगरपालिकाले सम्मान गर्ने भएको छ ।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले आयोजना निर्माणका क्रममा सडकको क्षेत्राधिकार भित्र पर्ने संरचना हटाएर सहयोग गर्न नगरबासीलाई आग्रह गरेका छन् । आफ्नो संरचना आफै हटाउनेलाई उप–महानगरपालिकाले सम्मान गर्ने योजना बनाएको छ नगरप्रमुख वडले भने,‘यस्ता घरधनीको नक्सा दर्तामा छुट, अगाडीको भत्काईएको भागमा रंग रोगन समेत गरिने छ । आयोजना निर्माणका क्रममा सडकको क्षेत्राधिकार भित्र समेत कतिपय निजी संरचना छन् ।

एसियाली विकास बैंकको आफ्नै प्रकृया छ नगरप्रमुख वडले भने, त्यसैले आयोजना निर्माणमा सकारात्मक भूमिका निभाउन म नगरबासी संग अनुरोध गर्दछु । सडक निर्माण भएमा धनगढीको मुहार फेरिने छ नगरप्रमुख वडले भने,‘ यसका लागि नगरबासीहरुको सकारात्मक सहयोग आवश्यक छ ।

आइतबार, असार २८, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.