• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सरकारको अलमल : पहिले काठमाडौंमा, अहिले सिमानामा

झापादेखि कञ्चनपुरसम्म सीमाक्षेत्रमा कोरोनाको उच्च जोखिम

काठमाडौं । लकडाउनको पहिलो चरणमा काठमाडौंको जनजीवन व्यवस्थित बनाउन सरकारलाई हम्मे परेको थियो । अहिले भारतसँग सीमा जोडिएका जिल्लामा त्यस्तै भद्रगोल स्थिति देखा परेको छ । यो भद्रगोलले कोरोनाको जोखिम उच्चदरमा बढाएको छ ।

सरकारले काठमाडौंमा आफ्नो उपस्थिति दह्रो बनाउन नसके पनि कोरोनाको संक्रमण दर सुस्त थियो । तर, भारतसँग सीमा जोडिएका छ वटा प्रदेशको अवस्था त्यति सहज देखिँदैन ।

यसै सन्दर्भमा अनलाइनखबरले प्रदेश ब्युरोको सहयोगमा भारतीय सीमा नाकाबाट भित्रिने नेपालीहरूको अवस्थाबारे देशभरिको रिपोर्ट तयार पारेको छ ।

सुदूरपश्चिम फेरि ‘रेडजोन’मा

भारतबाट आउने क्रम बढेसँगै प्रदेशमा कोरोनाको जोखिम बढेको सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाह बताउँछन् ।

‘सुरुमा रेडजोनमा परेको भए पनि हामीले निकै मेहनत गरेर ग्रिन बनाएका थियौं’ उनले भने, ‘अहिले फेरि जोखिम बढेको छ ।’ त्यसको कारण हो भारताबाट फर्किएका नागरिक ।

कैलालीको गौरीफन्टा नाकाबाट शुक्रबार मात्रै दुई हजार १४ जना नेपाली स्वदेश फर्किएका छन् । भारतको विभिन्न क्षेत्रबाट पोका पुन्तुरा, बालबच्चा बोकेर आएका उनीहरूलाई नेपाल प्रवेश गराएर सम्बन्धित स्थानीय तहमा पठाइएको छ ।

बिहीबार पनि गौरीफन्टा नाकामा यस्तै भिड थियो । पछिल्लो ५ दिनमा मात्र भारतबाट आएका छ हजार बढी यस नाकाबाट नेपाल प्रवेश गरेका छन् । तर, नौ सय ५० जनाको मात्र र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरिएको छ । ‘परीक्षण गर्न हामीसँग आरडीटी किट छैन’ कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी भन्छन्, ‘त्यसैले स्वास्थ्य परीक्षण र १४ दिन क्वारेन्टाइनमा राख्नेगरी सम्बन्धित स्थानीय तहमा पठाएका हौं ।’

कैलालीमा जस्तै कञ्चनपुरको गड्डाचौकी नाकाबाट भित्रिएकाहरूको पनि स्वास्थ्य परीक्षण हुन सकेको छैन । बिहीबार र शुक्रबार गरी दुई दिनमा यो नाकाबाट छ सय नागरिक भित्रिएको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए । ‘शुक्रबार थप तीन सय आउँदैछन् । तर, किट नहुँदा उनीहरूलाई सम्बन्धित स्थानीय तहमै स्वास्थ्य परीक्षण गर्ने गरी पठाउँछौं’ उनले भने ।

स्थानीय प्रशासनले उद्धार गरेकाहरूलाई सम्बन्धित पालिका पठाउन प्रदेश सरकारले समन्वय गर्ने गरेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार सुदूरपश्चिमभरका क्वारेन्टाइनमा नौ हजार आठ सय ९० बेडको छ भने दुई हजार छ सय २९ क्वारेन्टाइनमा बसिरहेका छन् । ‘प्रदेश सरकारले हरेक पालिकामा २र३ बेडको क्वारेन्टाइन बनाउन र हरेक जिल्ला सदरमुकाममा पाँच सय वेडको क्वारेन्टाइन बनाउन भनेको छ । यसो गर्दा प्रदेशभरमा २० हजार मानिसलाई राख्न सक्ने क्वारेन्टाइन बन्न सक्छ’ कानुनमन्त्री शाह भन्छन्, ‘तर यसले पनि नपुग्ने देखिन्छ ।’

क्वारेन्टाइन राख्न मात्र होइन, यसरी आएकाहरूको परीक्षणमै समस्या हुन थालेको छ । प्रदेश र स्थानीय सरकारसँग पर्याप्त आडीटी किट छैन भने पीसीआर विधिबाट परीक्षण गराउन भाइरस ट्रासपोर्ट मेडियम (भीटीएम) को अभाव छ ।

सुदूरपश्चिम प्रदेशसँग जोडिएको कर्णाली प्रदेश भारतीय सीमासँग जोडिएको छैन । तथापि भारतबाट फर्किनेहरूमध्ये यो प्रदेशमा पनि ठूलो संख्याामा पुग्छन् । त्यसैले कोरोना संक्रमणको जोखिमबाट कर्णाली पनि मुक्त छैन ।

प्रदेश ५ मा भद्रगोल, कपिलवस्तु उच्च जोखिममा

प्रदेश ५ मा पनि सुदूरपश्चिममा जस्तै भारतबाट आउनेहरूको चाप बढ्दो छ । बाँकेको जमुनाह, रुपन्देहीको सुनौली र कपिलवस्तुको कृष्णनगर र सुथौली नाकाबाट ठूलो संख्यामा नेपालीहरू आउने गरेका छन् भने केही लुकीछिपी प्रवेश गर्ने गरेका छन् ।

जमुनाह नाकाबाट दैनिक डेढ सयदेखि तीन सयसम्म नेपालीहरू आउने गरेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख ९एसपी० वीरबहादुर ओलीका अनुसार यसरी आउनेमा भारतमा क्वारेन्टाइनमा बसेका तथा अहिले मात्र आएकाहरू हुन्छन् । यसरी आएकामध्ये धेरै कर्णाली प्रदेशका बासिन्छन् र उनीहरूलाई सम्बन्धित स्थानीय तहमै परीक्षण गर्ने गरी पठाइएको छ ।

नेपाल प्रवेशको माग गर्दै रुपन्देहीको सुनौली नाकामा आएर बिहीबार नाराबाजी गरेका करिब सय जना नेपाली अझै अलपत्र छन् । उनीहरुलाई अबेरसम्म नेपाल भित्राउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए ।

यस्तै नौतनवामा १४ दिन क्वारेन्टाइनमा बसाइँ पूरा गरेका करिब एक हजार नेपाली छन् ।

प्रजिअ पन्थका अनुसार हरेक दुई तीन दिनमा चारपाँच सय नेपालीलाई नेपाल ल्याउने गरिएको छ । नेपाल भित्राउँदा ज्वरो मात्रै नाप्ने गरिएको छ । जुनसुकै जिल्लाका भएपनि सुरुमा रुपन्देहीका स्थानीय तहका पालिकाका क्वारेन्टाइनमा राखिन्छ र आरडीटी टेस्ट गरिन्छ । पोजेटिभ आएकाको पीसीआर टेस्टमा पठाइन्छ भने नेगेटिभ रिपोर्ट आएकालाई घर पठाइने गरिएको छ।

कपिलवस्तुको कृष्णनगर र सुथौली नाकाबाट पनि हरेक दिन तीनचार सय नेपाली आउने गरेको पाइएको छ । यसरी आएकामध्ये सात हजार पाँच सयभन्दा बढीमा क्वारेन्टाइनमा छन् । तर, पाँच सयको मात्रै पीसीआर विधिबाट परीक्षण गर्न सकिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए ।

प्रदेश २ मा के हुँदैछ ?

प्रदेश २ का आठैवटा जिल्लाको भारतसँग सीमा जोडिएको छ र स्वदेश फर्किनेहरूको चाप छ ।

महोत्तरीको नाकाबाट शुक्रबारमात्र १७१ जना नेपाल भित्रिए, जसमध्ये ७५ जना रुकुममा थिए । उनीहरुलाई सम्बन्धित जिल्लामा समन्वय गरेर रुकुम नै पठाइएको बताउँदै प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री भन्छन्, ‘जाजरकोट, सल्यान पुग्ने मानिसहरू पनि आउँछन् । सानो संख्यामा छ भने यहीँ क्वारेन्टाइनमा राख्छौं, धेरै भए सम्बन्धित जिल्लासँग समन्वय गरेर पठाइएको छ ।’

प्रजिअ खत्रीका अनुसार लकडाउन अवधिभरमा महोत्तरीमा मात्र करिब १७ सय मानिस आएका छन् । तर, अहिले आउने क्रम बढेको छ । कोही क्वारेन्टाइनमा बसेर आएका छन्। कोही भारतमा रेल र बस सेवा सञ्चालनमा आएपछि आएकाहरू छन् ।’

रौतहटमा मात्र पछिल्लो केही दिनमा दैनिक दुईरतीन मानिस भारतबाट फर्किने गरेका छन् । जिल्लामा भारतबाट यसरी आउनेको संख्या १५७० जना पुगेको छ ।

सीमा छेउमा आइपुगेका नेपालीहरूलाई भारतीय सुरक्षाकर्मीहरूले नेपालतर्फ पठाइदिने गरेका छन् । यसरी आउने कतिपयले पहिल्यै पालिकालाई खबर गर्ने गरेका छन् । ‘सीमाक्षेत्रमा आएका नेपालीहरूलाई सम्बन्धित पालिकाले जिम्मा लिएर क्वारेन्टाइनमा लैजान्छ’ प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले भने, ‘भारतबाट आउनेहरू बढेसँगै स्थानीय तहले क्वारेन्टाइन स्थल थप्दैछन् ।’

सर्लाहीमा सोनवर्षा नाकाबाट धेरै आउने गरेका छन् । लुकीछिपी आउनेहरू पनि छन् । तर, धेरै मानिसहरू वैध नाकाबाटै आउने गरेका छन् । ‘सकेसम्म रोकेका छौं र नेपाल प्रवेश गरेकाहरूलाई पनि सम्बन्धित पालिकाको क्वारेन्टाइनमा राखेका छौं’, सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीले भने । यसरी आएका मध्ये नौ सय जना विभिन्न पालिकाका क्वारेन्टाइनमा छन् । उनीहरूको कोरोना परीक्षण भइरहेको छ । त्यसक्रममा २० जनामा कोरोनाको संक्रमण देखिएको छ । संक्रमितमध्ये तीनजना चाहिँ काठमाडौं, उदयपुर र जनकपुरबाट आएका थिए भने १७ जना भारतबाटै आएका हुन् ।

प्रदेश एक :  प्रधानमन्त्रीकै गृहजिल्लामा जोखिम

प्रदेश १ को झापामा भारतीय पक्षसँग समन्वय गरेर नै नेपालीहरू ल्याउने गरिएको छ । उनीहरूलाई सम्बन्धित पालिकाले नै क्वारेन्टाइनमा राख्ने गरेका छन् । झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाका अनुसार झापाका विभिन्न क्वरेन्टाइनमा सात सयजना छन् । शुक्रबार भने भारतबाट आएका छैनन् ।

मोरङमा शुक्रबार ६० जना भारतबाट आएकाहरूलाई क्वारेन्टाइनमा राखिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी मानबहादु राईले जानकारी दिए । यससँगै जिल्लाको २२ क्वारेन्टाइनमा बस्नेहरुको संख्या दुई सय पुगेको छ । यसैगरी सुनसरीमा क्वारेन्टाइनमा ९६ जना छन् भने होल्डिङ एरियामा ८८ जना छन् ।

उच्चस्तरीय समितिको सिफारिस अलपत्र

सीमामा आइपुग्ने नेपालीहरुको संख्या बढिरहँदा उनीहरूलाई व्यवस्थित रुपमा ल्याउन भन्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले क्याबिनेटलाई गरेको सिफारिस अलपत्र परेको छ ।

समितिले भारतबाट आउने नेपालीहरूलाई देशभरिका २० वटा नाकाबाट मात्र प्रवेश दिने, तोकिएको नाकाबाट आएकालाई एक दिन होल्डिङ प्वाइन्टमा राख्ने र र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आडीटी) गरेर क्वारेन्टाइनका लागि स्थानीय तहहरूमा पठाउने सिफारिस गरेको थियो ।

तर, यो सिफारिस कहाँ अड्कियो भन्ने स्वयं निर्णयकर्ताहरूलाई समेत थाहा छैन । एक मन्त्रीका अनुसार समितिको सिफारिसबारे मन्त्रिपरिषद्बाट कुनै निर्णय भएको छैन ।

प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारी भने उच्चस्तरीय समन्वय समितिबाट सिफारिस गरेको तर अहिले कुन अवस्थामा छ भन्ने गृहलाई सोध्नुपर्ने बताउँछन् ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्मा पनि उच्चस्तरीय समितिले सिफारिस गरेको जस्तो २० वटा नाका तोकेर भारतबाट आउन दिने औपचारिक निर्णय नभएको बताउँछन् । उनका अनुसार भारतबाट फर्किएका नागरिकहरूलाई उद्धार गर्नुपर्ने हुन सक्छ, तयारी अवस्था रहनू भनेर निर्देशन दिइएको छ ।

तर, थ्रुपै जिल्लामा स्थानीय प्रशासनले नै समन्वय गरेर भारतबाट ल्याउने र स्थानीय तहमा पठाउने काम भइरहेको छ त भन्ने प्रश्नमा उनले भने ‘जिल्लामा समस्या भएपछि माथि ९सचिवरमन्त्रीस्तरमा० समन्वय भएको हुनसक्छ ।’

पहिले काठमाडौंमा, अहिले सिमानामा अलमल

कोरोना भाइरसको संक्रमणसँगै सरकार यसरी अलमलिएको यो पहिलोपटक भने होइन । सरकार काठमाडौं उपत्यकाबाट गाउँ फर्किन दिने नदिने विषयमा सरकार यस्तै अलमलमा परेको थियो । लकडाउन लम्बिँदै जाँदा धेरै मानिस हिँडेरै गाउँ फर्किन थाले । सुत्केरी महिला समेत ८र१० दिन हिँड्नु परेको, मानिसहरू सडकमै सुतेको दृश्य तथा समाचार आउन थालेपछि सरकारले दबाबमा पर्‍यो ।

उच्चस्तरीय समन्वय समितिले २७ चैतमा उपत्यकामा रहेकाहरूलाई दुईदिने गाउँ जान दिने निर्णय गर्‍यो । तर, स्थानीय तह र प्रदेश सरकारले त्यसको विरोध गरेपछि यो निर्णयमा समिति केही घण्टा पनि अडिन सकेन । प्रधानमन्त्री केपी शर्मा ओलीले जो जहाँ छन्, त्यही रोक्नू । कोही भोकै परे त्यहीँ राहत पुर्‍याउनू भन्ने निर्देशन समेत दिए । लकडाउनमा पनि केही कडाइ भयो ।

तर, एकाध दिनमा नै फेरि मन्त्री, सांसदहरूले नै गाडीमा हालेर मानिसहरू गाउँ पठाउने थाले । स्थानीय तहले पनि बस पठाएर आफ्ना क्षेत्रका जनता लगे । जब कि यसरी मानिस लैजान वा पठाउने भनेर निर्णय गरिएको थिएन ।

अहिले सीमामा त्यही भएको छ । दुई देशको सहमतिअनुसार भने पनि सीमा आइपुगेकाहरूलाई १४ दिन भन्दै ५० दिनसम्म भारतीय क्वारेन्टाइनमा राखियो । धार्चुलालगायतका क्षेत्रका केही स्वदेश आए पनि अझै केही नेपाली नागरिक भारतीयमै क्वारेन्टाइनमै छन् । किनकि सरकारले आफ्ना नागरिकलाई आउन दिने औपचारिक निर्णय गर्न सकेको छैन ।

तर, सीमाक्षेत्रमा आइपुगेकाहरूलाई स्थानीय प्रशासन आफैँले उद्धार गरेर ल्याउन पनि थालेको छ । वैधानिक नाका तोकेर व्यवस्थितरुपमा ल्याउने प्रस्ताव थन्काएर यसरी ल्याउँदा भद्रगोल मात्र भएको छ । आउनेहरूले सास्ती त पाउँछन् नै कोरोना संक्रमणको जोखिम पनि बढ्ने खतरा रहन्छ ।

शनिबार, जेठ १०, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.