धनगढी, २० चैत
धनगढीमा रहेको कामना सेवा विकास बैंकले लक डाउनका कारण छाक टार्न समस्यामा परेका मजदुरका लागि भन्दै मंगलबार धनगढी उप–महानगरपालिकालाई खाद्यान्न समाग्री उपलब्ध गरेको छ ।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशीला मिश्र भट्टलाई बैंकका प्रतिनिधीहरुले ५० कट्टा चामल, ६ कट्टा सोयाविन, ६७ किलो चिउरा, ५ कट्टा दाल, ५० किलो नुन खानेतेल १० पेटी उपलब्ध गराएको छ ।
त्यसैगरी राठी ईन्टरप्राईजेज धनगढीले १० कट्टा चामल, १५ कट्टा आटा, २ कट्टा चिउरा, १५ किलो दाल, २ पेटी तेल उपलब्ध गराएको छ ।
नगरप्रमुख नृपबहादुर वडले प्राप्त भएको खाद्यान्नलाई छाकटार्न समस्या भैरहेका मजदुरलाई सहयोग पुग्नेगरी सहयोग गर्ने गर्नेदाताहरु धन्यवादको पात्र भएको बताए । धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले सामाजिक उत्तरदायीत्व सम्झीएर सहयोग गर्ने सबै सामाजिक संघसंस्था, बैंक तथा वित्तिय संस्था र ब्यक्तिहरुले उपलब्ध गराएको सहयोगले मजदुर र छाक टार्न समस्या भएकाहरुको चुलोमा आगोबल्ने बताईन ।
कामना सेवा विकास बैंकद्धारा खाद्यान्न सहयोग
कामना सेवा विकास बैंकद्धारा खाद्यान्न सहयोग
