धनगढी, १३ चैत
गैर कानुनी रुपमा मास्कको कारोवार गर्ने धनगढी सहिद गेटमा संचालित हाम्रो सुभारम्भ फर्मेसीका संचालक रेखा ऐर कार्वाहीमा परेकी छन् ।
उनले बिल बिनाका मास्कको कारोवार गरेको फेला पारेपछि बिहीबार धनगढी उपमहानगरपालिका,वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त अनुगमन टोलीले २० हजार जरीमाना गरेको हो ।
बिल विजकको अभिलेख नराखी मास्क बेचेको पाइएकाले उनलाई जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका निमित्त प्रमुख कमल बहादुर पुन मगरले बताए । उनले भने, रेखालाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ ( घ) को कसुरमा सोही ऐनको दफा ३९ को १ ( क) अनुसार तत्काल जरिमाना गरिएको हो ।
गैरकानुनी रुपमा मास्क बेच्ने रेखालाई जरिमाना
गैरकानुनी रुपमा मास्क बेच्ने रेखालाई जरिमाना
