धनगढी, २६ माघ
धनगढी उप–महानगरपालिका क्षेत्रका जेष्ठ नागरिकहरुलाई घरमै पुगेर स्वास्थ्य सेवा दिन थालिएको छ ।
चालु आर्थिक बर्ष २०७६÷०७७ को सुरु देखि नै धनगढी उप–महानगरपालिकाले नगर क्षेत्रका जेष्ठ नागरिकहरुलाई स्वास्थ्य सेवा दिन थालिएको हो । स्वास्थ्य सेवा दिनका लागि उप–महानगरपालिकाका स्वास्थ्यकर्मीहरु घरदैलोमै पुग्ने ब्यबस्था गरेका छौं नगरप्रमुख नृपबहादुर वडले भने, महिलाको एक पटक घरदैलोमै पुगेर सेवा दिने गरेका छन् । आवश्यकता अनुसार जेष्ठ नागरिकहरुको घरमै पुगेर सेवा दिनुपर्ने पनि ब्यबस्था छ नगरप्रमुख वडले भने , एक महिनामा एक पटक अनिवार्य जेष्ठ नागरिक संग स्वास्थ्यकर्मीले भेटेर सेवा दिएको हुनुपर्छ ।
स्वास्थ्यकर्मीहरु जेष्ठ नागरिकहरुको घरमै पुगेर प्रेसर जाँच गर्ने, सुगर जाँच तथा रगतको नमुना संकलन, परामर्श दिने, औषधी दिने काम गर्दछन् धनगढी उप–महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख कुम्भराज शर्माले भने, बजार क्षेत्रमा भन्दा गाउँतिरका वडाहरुका यो अभियान प्रभावकारी भएको छ । सबै नगरस्वास्थ्य केन्द्रलाई अनिवार्य रुपमा महिनामा एक पटक घरमै पुगेर जेष्ठ नागरिकलाई स्वास्थ्य सेवा दिनु भनेका छौं । धनगढी उप–महानगरपालिका वडा नं १२ का अध्यष गणेश प्रशाद जोशीले आफ्नो वडामा जेष्ठ नागरिकहरुलाई घरमै सेवा दिने काम भैरहेको बताए । उनले भने, यसले जेष्ठ नागरिकहरुलाई ठूलो राहत पुग्ने गरेको छ । घरदैलो अभियान नपुगेका ठाउँमा शिविरहरु संचालन गरेर बिरामीको चेकजाँच गराउने काम भैरहेको पनि प्रमुख प्रशासकिय अधिकृत सापकोटाले बताए ।
सुरुमा नगरस्वास्थ्य केन्द्र भएका वडाहरुमा जेष्ठ नागरिकलाई घरमै पुगेर सेवा दिईएको भएपनि अव १९ वटै वडाका पु¥याउने उप–महानगरपालिकाको योजना रहेको प्रमुख प्रशासकिय नारायण प्रशाद सापकोटाले बताए । उनले भने, यसको राम्रो प्रतिकृया आईरहेको छ । धनगढी उप–महानगरपालिका १७ का जेष्ठ नागरिक कलेसु रानाले घरमै स्वास्थ्यकर्मी आएर चेकजाँच गर्ने गरेको बताए । उनले भने, यसले हिडेर स्वास्थ्य संस्थामा पुगेर चेकजाँच गराउने झण्झट बाट मुक्ति मिलेको छ ।
धनगढीका जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा
धनगढीका जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा
