धनगढी, १ माघ
अति बिपन्न कैलालीको कैलारी गाउँपालिका शिवरत्नपुरका ठगुराम चौधरीलाई बुधवार २ लाख १९ हजार ४ सय २० रुपियाँ सहयोग प्रदान गरिएको छ ।
अमेरीकामा रहेका नेपाली यूवाहरुले संकलन गरेको सहयोग रकम धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड, उद्योग बाणिज्य संघ कैलालीका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझा, नेपाल पत्रकार महासंघ कैलालीका पूर्व अध्यक्ष दिर्घराज उपाध्यायले हस्तान्तरण गरेका हुन । त्यसैगरी कम्वल र उनको छोरीका लागि झोला तथा स्टेशनरी पनि प्रदान गरिएको छ ।
ठगुराम रिक्सा चालक हुन । उनि अर्कोको रिक्सा भाडामा लिएर चलाउँछन् । आर्थिक स्थिति कमजोर भएका कारण उनकी श्रीमती पोईल गईसकेकि छन् । धनगढी उप–महानगरपालिका १२ मनहेरा शिविरमा डेरा गरेर बस्ने ठगुराम संग ३ बर्षिया छोरी राधीका चौधरी मात्रै छन् । रेखदेख गर्ने कोहीपनि नभएकाले ठगु ३ बर्षिया छोरीलाई समेत रिक्सामा राखेर सवारीको खोजिमा हिड्दछन् । उनको यो कथा विद्या चापागाईले आफ्नो यूटुयूव च्यानलमा राखेपछि अमेरीमामा रहेका पत्रकार बिष्णु पौडेल लगायतको टिमले आफैबाट सहयोग जुटाएर सहयोग गरेको हुन ।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले सहयोग गर्ने नेपाली यूवाहरु धन्यवादका पात्र भएको बताए । मानवताका क्षेत्रमा भएको यो सहयोगले अन्य बिदेशमा रहेका नेपालीमनहरुलाई समेत प्रेरणा मिल्ने नगरप्रमुख वडले बताए ।
ठगुरामको परिवारलाई दुईलाख बढी रकम सहयोग
ठगुरामको परिवारलाई दुईलाख बढी रकम सहयोग
