धनगढी, २७ पुस
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड नेतृत्वको टोलीलाई दछिण कोरियामा सम्मान गरिएको छ ।
नेपाली कांग्रेस जनसम्पर्क समितिले टोली दक्षिण कोरीयाले बिशेष कार्यक्रमको आयोजना गरेर स्वागत तथा सम्मान गरेको हो । नगरप्रमुख नृपबहादुर वड लगायत तेक्वान्दो संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष प्रदिप थापा, धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाही, जिल्ला फुटवल संघ कैलालीका अध्यक्ष मोहित शाहलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
धनगढी उप–महानगरपालिकाका प्रमुख वडले नेपाली कांग्रेस जनसम्पर्क समिति संग अहिले नेपाली कांग्रेस भित्रको समस्याका बारेमा छलफल भएको बताए । उनले भने, शसक्त प्रतिपक्षको भूमिका निभाउनुने समयमा नेपाली कांग्रेस पार्टी भित्रको समस्या सडकमा ल्याउनु हुदैन भन्नेमा जनसम्पर्क समिति रहेको छ ।
नेपाली कांग्रेस जनसम्पर्क समितिले टोली दक्षिण कोरीयाका कार्यबाहक अध्यक्ष जितेन्द्र महतले नगरप्रमुख वड लगायतको टोलीलाई सम्मान गरिएको बताए । यसै क्रममा सुदूरपश्चिम समाज दक्षिण कोरिया संग पनि नगरप्रमुख वडको टोली संग भेटघाट गरेको थियो ।
नगरप्रमुख वडको टोलीलाई कोरियामा सम्मान
नगरप्रमुख वडको टोलीलाई कोरियामा सम्मान
