• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिमका भैंसीको मासु चीन र भियतनामसम्म

अरुण बम\डोटी – सुदूरपश्चिमको पहाडबाट भैंसी निकासी हुनथालेको डेढ दशक नाघ्यो। सुरुका वर्षमा अवैध ढंगबाट चोरबाटो प्रयोग गरी लस्करका लस्करभैंसी तस्करी गर्थे।यसरी निकासी हुने भैंसीका लस्कर अझै रोकिएका छैनन्। बरु त्यसलाई अहिले वैधानिक बाटोमा डो(याउने कोसिस गरिएको सरोकारवाला बताउँछन्।

‘अहिले उनीहरुले वैधानिक कारोबार गरिरहेका छन्,’ सुदूरपश्चिम प्रदेश, पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय दिपायलका निर्देशक डा. मदनसिंह धामी भन्छन्,‘हाल यस प्रदेशमा नौ सय ६१ जनाले व्यावसायिक रुपमा दर्ता भएर भैंसी मासुको कारोबार गरिरहेका छन्।’

‘नेपाली बजारमै भैंसीमासुको माग धेरै छ,’ कारोबारमा संलग्न कैलाली, अत्तरियाका व्यवसायी बालकृष्ण भट्टराईले भने,‘यसैले हामीलाई माग अनुसारको आपूर्ति गर्नै कठिन छ।’ नेपालकै माग नधानेका बेला यहाँका भैंसीको मासु चीन र भियतनामसम्म पुग्ने गरेको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय दिपायलका डा. धामीले बताए। उनले भने,‘चिनियाँ नागरिकले नेपालमै प्रशोधन केन्द्र खोलेर नेपाली भैंसीको मासु चीनपठाइरहेका छन्। जो भियतनामसम्म पुग्छ।’

गत आर्थिक वर्ष ०७५र७६ मा मात्रै सुदूरपश्चिमबाट ४० करोडभन्दा बढीकोभैंसी मासु निकासी भएका छन्। पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय दिपायलका अनुसार गत आर्थिक वर्ष ०७५र७६ मा मात्रै सुदूरपश्चिमबाट ४० करोडभन्दा बढीका भैंसी निकासी भएका छन्। जसमा करिब १२ हजारभन्दा बढी संख्यामा भैंसी निर्यात भएको तथ्यांक छ। ‘मासिक एक हजारको हाराहारीमा यहाँका भैंसीको मासु निकासी भइरहेको तथ्यांक छ,’ निर्देशक डा. धामीले भने।

अन्तर्रा्ष्ट्रिय बजारबाट तीव्र माग भएको भैंसी मासु उत्पादनलाई व्यावसायिक बनाउन सके मनग्य आम्दानी गर्नसकिने यस व्यवसायमा लागेकाकारोबारी बताउँछन्। ‘अन्तर्रा्ष्ट्रिय बजारमा मासुजन्य उत्पादनमा बढी माग भनेकै भैंसीको छ,’ कारोबारी भट्टराई भन्छन्,‘तरहामीकहाँ भैंसीदूधकै लागि मात्र पाल्ने चलन छ। यसलाई मासुका लागि पनि भनेर उत्पादन गरे राम्रो आम्दानी गर्नसकिन्छ।’

सोही कुरा स्वीकार्दै निर्देशक धामीले प्रदेश सरकारमा भैंसी उत्पादन प्रवद्र्धनका कार्यक्रम अघि सारिएको बताए। उनले भने,‘सबैभन्दा ठूलो अन्तर्रा्ष्ट्रिय माग भएको र मूल्य पनि पाइने उत्पादनमा हामीले बढावा दिने योजना सार्नुपर्छ। तब मात्र आर्थिक विकास सम्भव हुन्छ।’ चीनमा मात्रै अर्बौंको भैंसी मासु माग रहेको उनले बताए। ‘चीनजस्तो जनसंख्या बाक्लो भएको मुलुकले नेपालबाट जतिपनि भैंसी खपत गर्नसक्छ,’ उनले थपे।

भेटिँदैनन् गाउँमा भैंसी

एक समय थियो, गाउँका हर घरमा भैंसी हुन्थे। त्यो पनि एक होइन, दर्जनौं। पाहुना आउँदा दहीले स्वागत गर्ने प्रचलन थियो। घरायसी आहारमा दुग्धजन्य पदार्थको सहभागिता अनिवार्य थियो। बलिया हृष्टपुष्ट मानिस देखे दूध–दही खाएको भन्ने लख काटिन्थ्यो। ‘दूध–दही नभए त घाँटीमा खाना नै जान्नथ्यो। अहिलेजस्तो थरीथरीका तरकारी हुन्थेन,’ बोगटान फुड्सिल गाउँपालिका–७ का रामबहादुर बमको कथन छ,‘बालबच्चा जन्मदा लैनो भैंसी घरमा बाँधिन्थ्यो। टन्न दूध खुवाएको बच्चा ताकतवर निस्कन्थ्यो !’

भैंसीपालन धेरैको जीवन चलाउने मेसो थियो। अन्न उब्जाउन पर्याप्त जमिन नहुनेहरु भैंसी जम्मा पारेर लेकऔल (लेकबेंसी) धाउँथे। ‘जमिन नभए भैंसी विकल्प हुन्थ्यो। भैंसी पालेर टन्न घ्यू पाथ्र्यौं,’ आदर्श गाउँपालिकाका चिन्तामणि जोशीस्मरण गर्छन्,‘त्यही घ्यूसँग अन्न साटिन्थ्यो।’ यसरी उत्पादन भएको घ्यू भारतको टनकपुरसम्म पु¥याएर बेचेको उनको अनुभव छ।

त्यो समय भोगेका वृद्धहरुको मन अहिले गाउँमा एउटै भैंसी नदेख्दा विरक्त लाग्छ। ‘सारा गाउँभरी खोज्दा दूधै पाइन्न। पूरा जमाना नै दूध खान्न कि? झैं लाग्छ,’ बोगटान गाउँपालिकाका ठेउके नेपालीदुखेसो पोख्छन्। हुनपनि सुदूरपश्चिम पहाडमा भएको यस्तै छ। अहिले अधिकांश गाउँमा भैंसी भेटिनै छाडेका छन्। जसले ग्रामीण क्षेत्रमा दूधको उपलब्धता सून्यप्रायः भएको छ। ‘गाउँमा दूध खाउला वा दूध हालेको चिया खाउला नसोचे हुन्छ,’ डोटीका एक सामाजिक कार्यकर्ता एकराज बडूको अनुभव छ,‘मैले गाउँमा काम गर्न थालेको आठ÷नौ वर्ष भयो। दूध खानपाएको मेरो स्मरणमा छैन।’

भैंसी पाल्नै चाहे पनि पाउनै कठिन भएको किसानको गुनासो छ। ‘भैंसी पाउन सजिलो पनि छैन। भेटिए एउटै भैंसीको लाखभन्दा बढी पर्छ,’ बोगटान गाउँपालिका–३ का किसान प्रेमसिंह धामी भन्छन्।

बिहिबार, पुष ०३, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.