• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

वैज्ञानिक वन व्यवस्थापन पछी कैलालीमा पुर्नउत्पादन

जमुना न्युरे,
धनगढी ३० मंसिर
नेपाल सरकारले पछिल्लो समयमा ल्याएको बैज्ञानिक बन ब्यबस्थापन ऎन २०७१ कार्यबिधी ल्याएको छ । कार्यबिधिमा टेकेर कैलाली जिल्लाका धेरै सामुदायिक बनहरुमा बैज्ञानिक बन ब्यबस्थापन कार्यमा लागिरहेका छन् ।
कैलाली जिल्लामा सबैभन्दा पहिलो बाह्राबन साझेदारि बनमा वैज्ञानिक बन ब्यबस्थापन कार्यक्रम सुरु गरियको हो । तराईका जङ्गलमा साल प्रजातीका रुख बढी हुन्छन् ।बाक्लो सङ्ख्यामा रहेका रुखका कारण सुर्यको ताप र छाया बाह्रै महिना जमिन सम्म आउन पाउदैन । त्यसो हुदा जमिनमा नया बिरुवा उत्पादन काम ठप्पै हुन्छ ।

कुनै प्राकृतिक बिपतीका कारण एकै पटक सबै बुढा रुख ढले भने बन क्षेत्र नाङ्गो हुने जोखिम पनि त्यतिकै छ त्यहि जोखिम बाट बन जोगाउन कैलालीमा वैज्ञानिक बन ब्यबस्थापन कार्यक्रम सुरु भयको छ । जिल्ला वन कार्यलय र सामुदायिक बन र साझेदारि बनमा वैज्ञानिक बन ब्यबस्थापन काम सुरु गरेको थियो ।

कैलाली जिल्लाको सबै भन्दा ठुलो बाह्राबन साझेदारी बनमा २०७० साल देखि वैज्ञानिक बन ब्यबस्थापन बन को काम सुरु गरिएको हो । बाह्रा बनमा कैलाली जिल्लामा पहिलो पटक वैज्ञानिक बन कार्यक्रम परिक्षण स्वरुप कार्यक्रम सुरु गरियको हो । बाह्राबन साझेदारी बन कैलालीले जिल्लाको गौरिगङगा नगरपालिका , गोदावरी नगरपालिका , धनगढि उपमहानगर पालिका र चुरे गाउँ पालिका भु भाग छोयको छ, १ हजार ७ सय ९१ । ७० ९१७९१ ।७० ० हेक्टर क्षेत्रफल रहेको मा ४० हजार घरघुरी उपभोक्ता रहेका छन् ।

बाह्राबन साझेदारी बनमा वैज्ञानिक बन लागू गरियको छोटो समयमा वैज्ञानिक बन ब्यबस्थापन गरिएको बल्कमा तारबार र गोडमेल गरियको ठाउँ मा सालको बिरुवा पुनरुत्पादन राम्रो भयको बताउछिन् बाह्राबन साझेदारी बनका वडा सयोजक श्री तारा लामा । सुरुको समयमा ठाउँ ठाउँमा माउ रुख राखेर अरु बोट बिरुवा र ठुला रुख काटिएको थियो त्यो समयमा साच्चै बन सखाप भयो भन्ने डर र चिन्ता लागेको थियो , जब काम सुरु गरिएको एक बर्षमै बिरुवा पुनरुउत्पादन भयको देख्दा खुशी लागेको बताउछन् उपभोक्ता श्री धनिराम आचार्य । यसरी पछिल्लो समयमा वैज्ञानिक बन ब्याबस्थापन भयको ठाँउमा सालका एक लहर भयर प्रोथा भै सके पछि यो कार्य मन परेको बताउछन् स्थानीय रुद्र कडेल ।

वैज्ञानिक बन ब्यबस्थापन सामाजिक , आर्थिक तथा बाताबरणिय हिसाबले उपयुक्त र बनले प्रदान गर्ने बस्तु तथा सेवाको नीरन्तरता वा वृद्धि हुने गरि गरिने बन ब्यबस्थापन नै दिगो बन ब्यबस्थापन वा वैज्ञानिक बन ब्यबस्थापन हो भन्नू हुन्छ सुदुरपस्चिम प्रदेस बन निर्देशालयका प्रमुख  हेम राज बिष्ट । नेपालमा सफलताको उदाहरणका रुपमा रहेका सामुदायिक बन सरक्षण मुखी मात्रै भएको र आम्दानी नदियकोले नया व्यवस्थापन गरि आम्दानी को स्रोत बढाउनका लागि ल्याएको हो वैज्ञानिक बन व्यवस्थापन । एकै स्थान मा रहेको बन जहाँ वैज्ञानिक बन व्यबस्थापन नगरिएको त्यही बाह्राबन क्षेत्रमा मिचाहा प्रजाती , लहरा , बन भरियको छ त्याहा बर्सौ देखि बिरुवा उर्मिएका बिरुवाले भुइ समेत छोडेका छैन भने ब्यबस्थापन गरिएको क्षेत्रमा बिरुवा छोटो समयमा पुनरुउत्पादन भै राम्रो सङ बिरुवा हुर्किय को छ बताउँछन् स्थानीय राम बहादुर चौधरी । त्यस्तै कैलाली जिल्ला को घोडाघोडी नगरपालिका वडा ४ मा रहेका सिताकुन्ड सामुदायिक बन उपभोक्ता समूह गैडाखेडा मा बैज्ञानिक बन ब्यबस्थापन काम सुरु भैइसकेको छ ।

एक १ हेक्टर क्षेत्रफल मा काम को परीक्षण सुरुवात गरिएको बताउछन् बन का अध्यक्ष राम ब शाही , उनले भने सामुदायिक बन सरक्षण गरेको धेरै लामो समय भो तर बनमा भनेजती को आम्दानी लिन सकेनौ जहाँ सरक्षण मुखी मात्र भो तर सदुपयोग भयन बनमा उपभोक्ताको सन्ख्या धेरै छ्न उनिहरुले उपभोक्तालाई घाँस र दाउरा मात्र जिवनमुखी निर्बाह मात्र छ ।बनको हैसियत बिग्रेको छ । लहराले भरिएको , कुकाठ जातका बुट्यानहरुले भरिएको बन क्षेत्र लाई बैज्ञानिक बन ब्यबस्थापन गरि जस्लाइ उत्पादन मुखी बनाइ आयाआर्जन गरि जीवनस्तरमा सुधार हुने समेत बताए ।

यहाँ पनि पुनरुउत्पादन राम्रो भयको छ , ब्यबस्थापन गरियको एक बर्ष मा सालका बिरुवा राम्रो सङ आयको बताए । कैलाली जिल्लामा ५२वटा सामुदायिक बनमा बैज्ञानिक बन ब्यबस्थापन काम भइरहेको डिभिजन बन कार्यलय पहलमानपुर बन अधिकृत कृष्ण दत्त भट्टले जानकारी दिए । बैज्ञानिक बन ब्यबस्थापन को कतै सकारात्मक रुपमा लियको छ भने कतै नकारात्मक रुपमा लियको पाइन्छ । सामुदायिक बन उपभोक्ता समुहका केन्द्रिय सद्स्य
नेत्र खनाल बैज्ञानिक बन व्यवस्थापन प्रणालीका नाममा गरिने क्रियाकलाप वनको व्यवस्थापनभन्दा पनि रूख कटान गर्ने र काठ व्यापार गरी राजस्व आर्जन गर्ने वा व्यापारिक मुनाफा कमाउने उद्देश्य राखिएको हुन्छ।
सामुदायले तथा उपभोक्ताहरुले सरक्षण र सम्बर्धन गरि ब्यबस्थापन गरियका बनमा बैज्ञानिक बन ब्यबस्थापन गरेको छ ,

वैज्ञानिक वन व्यवस्थापनमा विभिन्न प्रजातिका वनमा लामो अवधिको चक्र प्रणाली अपनाई वन व्यवस्थापन गर्ने भनिए पनि यस्तो प्रणाली ठूलो क्षेत्रमा फैलिएको र वन्यजन्तुहरूको वासस्थान नभएको क्षेत्रमा मात्र केही हदसम्म सम्भव हुन सक्छ। तर नेपालजस्तो ससाना वन क्षेत्रहरू रहेका, प्रायः सबै वनहरू ससाना स्तरमा समुदायले व्यवस्थापन गरिरहेको, वनहरू काठ उत्पादनसँगसँगै चरीचरण तथा जडीबुटी संकलनका लागि उपयोग हुँदै आएको र नेपालका वनमा भौगोलिक अवस्थाअनुसार सबै रूख एउटै हैसियतमा नभएको अवस्था रहेकाले यस्तो अवस्थामा रहेको वनमा लामो अवधिको चक्र प्रणाली अपनाई प्राकृतिक रूख कठान गर्ने किसिमले वन व्यवस्थापन गर्ने पद्धति अव्यावहारिक छ ।

सोमबार, मङि्सर ३०, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.