धनगढी,९असोज
नेपाली कांग्रेसकी नेतृ डाक्टर आरजु राणा देउवाले हजारौ छोराछोरीलाई बाटो देखाउने शिक्षक शिक्षिकाहरु महान भएको बताएकी छन् ।
धनगढी उप–महानगरपालिका वडा नं ४ स्थीत तुलसीराम माध्यमिक विद्यालयका बालबालिकाहरुलाई झोला र पाठ्यसामाग्री वितरण कार्यक्रममा बोल्दै नेतृ देउवाले बिभिन्न वातावरणमा हुर्किएका बालबालिकाहरुलाई सम्हालेर असलबाटोमा डो¥याउनु सामान्य कुरो नभएको बताईन । धेरै अभिभावकले छोराछारीहरुलाई नियन्त्रण गर्न नसक्दा कुलतमा फसेका थुप्रै उदारण छन् कांग्रेस नेतृ देउवाले भनिन्, बालबालिकाहरुलाई असल बाटोमा डो¥याउने शिक्षकको जती प्रशंसा गरेपनि कमै हुन्छ ।
वालबालिकाहको पढाईमा सुधार ल्याउनका लागि आफुले सहयोगि हातहरु संग मागेर धनगढी उप–महानगरपालिका भित्रका सामुदायीक विद्यालयका २ हजार भन्दा बढी बालबालिकाहरुलाई झोल लगायतका शैक्षिक सामाग्रीहरु हस्तान्तरण गरिरहेको पनि कांग्रेस नेतृ देउवाले बताईन ।
धनगढी उप–महानगरपालिका र ग्रामिण महिला विकास तथा एकता केन्द्र ( रुडुक) , सफा सुनौलो नेपालको समन्वय र चाईना फान्डेसनको आर्थिक सहयोगमा २ हजार १ जना विद्यार्थीहरुलाई झोला र अन्य पाठ्य समाग्रीहरु वितरण गरिहेको छ । कांग्रेसकी नेतृ डाक्टर आरजु राणा देउवा, धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्ट, रुडुक कैलालीका अध्यक्ष ममता शाहले झोला हस्तान्तरण गरेका थिए । उप–महानगरपालिका क्षेत्रका कक्षा १ देखि ५ सम्मका १५ वटा सामुदायीक विद्यालयका बालबालिकालाई झोला तथा पाठ्य समाग्री हस्तान्तरण भैरहेको छ ।
हजारौ छोराछोरीलाई बाटो देखाउने शिक्षक महान हुन ः डा.आरजु
हजारौ छोराछोरीलाई बाटो देखाउने शिक्षक महान हुन ः डा.आरजु
