कैलाली २५ भदौ/धनगढी उप–महानगरपालीका १४ को वडा कार्यालयमा हावाहुरी पिडीतले तालाबन्दी गरेका छन् ।
वास्तविक पिडीतले राहत नपाएको र पहुचँको आधारमा उप–महानगरपालीकाले राहत वितरण गरेको भन्दै स्थानियहरुले बुधबार दिउँसो २ बजे वडा कार्यालयमा तालाबन्दी गरेका हुन ।
मंगलबारदेखी आन्दोलीत स्थानियहरुले लगातार वडा कार्यालय, उप महानगरपालीका र जिल्ला प्रशासन कार्यालयमा राहतको लागी गुहार गर्दापनि सम्बन्धीत निकायले वेवास्ता गरेको भन्दै तालाबन्दी गर्नुपरेको गुनासो गरेका छन् । पिडीतहरुले राहत वितरणमा अनियमीतता भएको आरोप लगाउदै आएका छन् ।
वडा कार्यालयले सामान्य क्षति, आशिंक क्षती र पुर्ण क्षति गरि तिन किसीमको प्रहरी मुजुल्का उठाएर आठ सय ६४ जना पिडीतको नामावलि पठाएको थियो । जसमध्ये १ सय ५८ जनाले मात्रै राहत पाएका छन् ।
बुधबार वडा कार्यालयमा तालाबन्दी पछी कार्यालयको कामकाज ठप्प भएको छ । हावाहुरी पिडीतको विवादलाई समाधान गर्न भोली बिहीबार सर्वदलीय बैठ्क बस्ने तयारी भईरहेको वडाअध्यक्ष रामबजारी थारुले बताए ।
गत जेठ २३ गते सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनुपरमा आएको विनाशकारी हावाहुरीबाट दुई जनाको मृत्यु र ७० भन्दा बढी मानिस घाइते भएका थिए ।
हावाहुरी पिडीतले राहत नपाएपछी वडा कार्यालयमा तालाबन्दी
हावाहुरी पिडीतले राहत नपाएपछी वडा कार्यालयमा तालाबन्दी
