• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

१२ जना डेंगुका बिरामी, एकको मृत्यु

धनगढी, २० भदौ– सुदूरपश्चिम प्रदेशका चार जिल्लामा १२ जनामा डेंगु रोगको संक्रमण देखिएको छ । सबैभन्दा बढी दार्चुलामा पाँच जना बिरामी भेटिएका छन् भने कैलालीमा चार, अछाममा एक, कञ्चनपुरमा एक र डोटीमा एक जनामा यो रोगको संक्रमण देखिएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।

डेंगु रोगबाट डोटीमा एकजनाको मृत्यु भइसकेको छ । जिल्लामै पहिलोपटक उक्त रोगबाट दिपायल सिलगढी नगरपालिका–६ थाप्लाकी ४२ वर्षीया छत्र मलासी ‘छायाँ’ कोे मृत्यु भएको थियो । लामो समयदेखि टाउको दुख्ने, ज्वरो आउने क्रम नरोकिएपछि थप उपचारका लागि उनलाई कैलालीस्थित मायामेट्रो अस्पतालमा भर्ना गरिएको र उपचारकै क्रममा उनको भदौ ५ गते मृत्यु भएको थियो ।

डोटीमा डेंगु रोग देखापरेका बिरामीलाई उपचारका लागि काठमाडौँ लगिएको जिल्ला अस्पताल डोटीका डा. गिरिष अवस्थीले बताए। उनले भने ’हामीले जिल्लामा जाँच गर्दा रोग पत्ता लाग्न नसकेर कैलाली पठायौँ, त्यहाँ जाँच गर्दा डेंगु रोग भेटिएपछि थप उपचारका लागि काठमाडौं लगिएको छ ।’

डोटीलगायत अन्य जिल्लामा डेंगु रोगका बिरामी फेला पर्न थालेपछि अहिले यहाँका स्थानीयवासीमा त्रास फैलिएको छ । डेंगु रोग नियन्त्रणका लागि जिल्लाको दिपायल सिलगढी नगरपालिकाले नगरस्तरीय अभियान नै सञ्चालन गरेको छ । बिहान र साँझको अस्ताउँदो घामको समयमा डेंगु रोग फैलाउने लामखुट्टेले टोक्ने भएकाले त्यतिबेला सावधानी अपनाउन स्वास्थ्यकर्मीले सल्लाह दिएका छन् । पहिलोपटक नेपालको चितवन जिल्लामा भेटिएको उक्त डेंगु रोग अहिले सुदूरपश्चिमका चार जिल्लामा देखापरेकाले सबैले सावधानी अपनाउनुपर्ने सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।

डेंगु रोग फैलाउने लामखुट्टेले सफा पानी अर्थात् अक्सिजन भएको पानीमा फूल पार्ने र उक्त फूल करीब छ महिनासम्म जीवित रहने भएकाले घरमा राखिएका खानेपानीका भाँडाकुँडा सधैँ सफा गर्नुपर्ने जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरिटेन्डेण्ड डा. भुषण मिश्रले बताए। उनले भने, ’डेंगु रोग फैलाउने लामखुट्टेले १०० एमएल पानीमा फूल पार्ने र फूल जीवित हुने भएकाले घरमा भएका बोतल, बिर्कोलगायतका सर–सामान सधैँ सफा गर्नु जरुरी छ ।’

डोटीको दिपायल सिलगढी नगरपालिका–६ थाप्लामा पहिलोपटक उक्त डेंगु रोगले एक जनाको मृत्यु भएको छ भने सोही ठाउँका अर्का एक बिरामी परेका थिए । उक्त डेंगु रोग नियनत्रणका लागि जिल्लामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत परिचालन गरिएको छ ।

रोग नियत्रणका लागि खटिएको टोलीले नगरपालिकाका विभिन्न वडामा गएर जनचेतनामूलक कार्यक्रम गर्ने तथा डेंगु रोग फैलाउने लामखुट्टे पारेका फूलको पहिचान गरी नष्ट गर्ने कार्य गरिरहेको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए । उनले भने, ’जिल्लामा डेंगु रोगबाट एक जनाको मृत्यु भएपछि हामीले नियन्त्रणका लागि सरकारी टोली नै गठन गरेका छौँ, टोलीले रोगका बारेमा जनचेतना फैलाउनेदेखि लामखुट्टेले पारेका फूलको पहिचान गरी नष्ट गर्दै छ, आम नागरिकले पनि यो विषयमा जानकारी लिएर सचेत हुन जरुरी छ ।’ रासस

शुक्रबार, भदौ २०, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.