• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कैलालीमा थारू समुदायले आयोजना गरेको हरेरी महोत्सव (फोटोफिचर)

धनगढी, २ भदौ । खेतबारीमा कीरा नलागोस् र धान उत्पादन राम्रो होस् भन्ने उद्देश्यले थारू समुदायमा प्रचलित हरेरी पूजालाई धनगढीका थारु समुदायले महोत्सवकै रुपमा मनाउन थालेका छन्।

धान रोपाइँको काम सकिएर खेतबारी हरियाली भएका बेला धानमा विषालु कीरा नलागोस् र धान राम्रो उत्पादन होस् भन्ने उद्देश्यका साथ वर्षको एक पटक अनिवार्य रुपमा हरेरी पूजा मनाउने धनगढीका थारू जातिले महोत्सवकै रुपमा मनाउन थालेका हुन्।

गाउँको देशबन्ध्या गुरुवा (ठूला गुरुवा) को सहयोगमा गरिने सो पूजापछि खेतबारीमा कीरा नलाग्ने र धान राम्रो उत्पादन हुने विश्वास रहेको धनगढी उपमहानगरपालिका – ५ का दिनेश चौधरीले बताए।

धानबाली राम्रो फल्ने कामनाका साथै लोपोन्मुख अवस्थामा पुगेका थारू जातीका मौलिक लोक संस्कृतिको जर्गेना गर्ने उद्देश्यले पछिल्लो चार वर्षयता मनाउँदै आएको हरेरी महोत्सव यस वर्ष सोमबार सुरु भएको छ।

भदौ ५ गतेसम्म चल्ने महोत्सवको सङ्घीय संसद्का सांसद नारदमुनी रानाले उद्‌घाटन गरे। बरघर (भलमन्सा) तथा हरेरी महोत्सव मूल आयोजक समितिका संयोजक कुलवीर चौधरीका अनुसार उहिले भगवान शिव पार्वतीले पनि खेती किसानीको काम गर्थे। खेतको हरियाली धान देखेर मोहित भएका शिव भगवान घर आउन पत्तो पाउँदैनथे।

त्यस्तो भएपछि पार्वती घरमा कुर्दा कुर्दै हैरान हुन्थिन्। शिव छिटै खेतबाट घर आऊन् भनेर पार्वतीले खेतमा कीरा लगाएर शिवलाई निराश बनाएकी थिइन्। खेतमा लाग्ने पानीको मुहानमा शुद्ध गाईको दूधको धार चढाउनाले खेतका कीराहरू नष्ट हुने र खेती पुनः हरियाली हुने उपाय पार्वतीले सुझाएपछि शिवले त्यसै गरे।

खेत नराम्रो भएपछि शिव भगवान छिटै खेतबाट घर आउने गर्थे। तर शिवको निराशा देखेर पार्वतीले छिटै खेतबाट घर आउने वाचा गराएर खेतलाई पुनः हरियाली बनाइदिने बताएकी थिइन्। र त्यसपछि फेरि खेतमा हरियाली कायम भएको किम्वदन्ती छ।

यही किम्वदन्तीअनुसार थारू गाउँमा गुरुवाको सहयोगमा शिव पार्वतीलाई सम्झेर पूजापाठ गर्ने र खेतबारीमा कीरा फट्याङ्ग्रा नलागून् भन्ने कामना गरिन्छ।
महोत्सवमा महोत्सवमा मुख्य आकर्षणका रुपमा थारू समुदायको लोपोन्मुख मग्राहा नाच, लाठी नाच, सखिया नाच, एकल नृत्य, मगर जातिको भुमे, मारुनी नाचलगायतका विभिन्न सांस्कृतिक परम्परा झल्काउने नाच रहेका छन्।

त्यसैगरी, महोत्सवमा राखिएका विभिन्न स्टलमा विभिन्न थारू समुदायका खानाका परिकार जस्तै ढिक्री, अन्डीको चामलको भात तथा रोटी, गँगटा तथा घोँगी तरकारी, राना थारू समुदायको खाना, डोटेली समुदायको खानाका परिकार आकर्षणका रुपमा राखिएका छन्। संस्कृतिका धनी आदिवासी थारूको सामूहिक रुपमा गरिने चार पूजा (धुरिया पूजा, हरेरी पूजा, लवाङ्गी पूजा, निकासी पूजा) मध्ये हरेरी पूजा एक महत्वपूर्ण पूजा मानिन्छ।

सोमबार, भदौ ०२, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.