• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

फोनिज कैलालीद्वारा १ लाखको अक्षय कोष स्थापना, पत्रकार महासंघलाई सहयोग

धनगढी- नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कैलाली शाखाले १ लाख धनराशीको अक्षयकोष स्थापना गर्ने घोषणा गरेको छ । फोनिजको २० औं स्थापना दिवसको अवसरमा सो शाखाले सोमबार धनगढीमा आयोजित एक कार्यक्रमकाबीच अक्षयकोष स्थापना गर्ने घोषणा गरेको हो ।

अक्षयकोष अन्तर्गत बैंक मुद्दती खाताबाट वार्षिक रुपमा आउने ब्याज रकमबाट आदिवासी जनजाति पत्रकारहरूको क्षमता विकास, आपतकालीन सहयोगमा खर्च गरिने फोनिज कैलाली अध्यक्ष लखन चौधरीले जानकारी दिए ।

सो अवसरमा सो शाखाले नेपाल पत्रकार महासंघ कैलाली शाखालाई १ दर्जन प्लाष्टिक कुर्सी सहयोग गरेको छ । महासंघको कार्यालय व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उदेश्यका साथ कुर्सी सहयोग गरेको हो । फोनिज अध्यक्ष चौधरीले महासंघ कैलाली अध्यक्ष जगत साउँदलाई कुर्सी हस्तान्तरण गरेका थिए ।

फोनिज कैलाली अध्यक्ष चौधरीले भने–‘हामीले गत आर्थिक वर्षमा कैलालीको कैलारी गाउँपालिकासहित केही स्थानीय तह संग सहकार्य गरी कार्यक्रम गरेका थियौ । कार्यक्रमको खाजा खर्चलाई कटौती गरी अक्षय कोष र महासंघलाई सानो सहयोग गर्ने प्रयत्न गरेका हौ ।’

सञ्चारमा समावेशिता

‘सञ्चारमा समावेशिता कानूनमा चाहियो, व्यवहारमा पनि’ भन्ने मूल नाराका साथ शाखा अध्यक्ष चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल पत्रकार महासंघ सुदूरपश्चिम अध्यक्ष अर्जुन शाह रहेका थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष शाहले प्रदेश सरकारको सञ्चार नीति समावेशिताको सिद्धान्त अनुरुप ल्याउनुपर्नेमा पत्रकार महासंघले सम्बन्धित पक्षलाई दवाव सिर्जना गर्दै आएको बताए । सञ्चार नीति आएपछि त्यसै अनुसार सञ्चारगृहभित्र पनि समावेशिता लागू हुने र सवैपक्षको सवाल समेटिनेमा उनको जोड थियो ।

फोनिजका केन्द्रीय सल्लाहकार गणेश चौधरीले सञ्चारगृहभित्र समावेशिता नहुँदा भाषा, संस्कृति, परम्परावारे पूर्ण जानकारी नहुने भएकाले स्वयम सञ्चारगृहलाई नै अप्ठेरो हुँदै आएको बताए । साथै गलत सूचना सम्प्रेषण पनि भैरहेकोले सञ्चारको विकासको लागि सञ्चारगृह समावेशी हुन जरुरी रहेको केन्द्रीय सल्लाहकार चौधरीको भनाइ थियो ।

नेपाल आदिवासी जनजाति महासंघ सुदूरपश्चिम अध्यक्ष दलबहादुर घर्तिमगरले राज्यका अंगहरूका साथै सञ्चारगृहहरू समेत समावेशी नहुँदा आदिवासी जनजातिलगायत सीमान्तकृत समुदायको मुद्धा तथा सवालहरू ओझेलमा पर्दै आएको बताए । मुलुकको सन्तुलित विकासको लागि भएपनि हरेक अंगहरू समावेशी गर्नुपर्ने जरुरी रहेको अध्यक्ष घर्तिमगरको जोड थियो ।

कार्यक्रममा सहभागी पत्रकारहरूले सुदूरपश्चिमस्थित सञ्चारगृह समावेशी बनाउन जनजाति पत्रकारहरूको सख्यात्मक वृद्धिसँगै क्षमता विकास जरुरी रहेको औल्याए । जसको लागि फोनिजसहित सम्बन्धित पक्षले ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कैलाली शाखा अध्यक्ष जगत साउँद, महासंघका पूर्वकेन्द्रीय उपाध्यक्ष उमिद बागचन, महासंघका पूर्व सुदूरपश्चिम संयोजक मनमोहन स्वाँर, दिलबहादुर छत्याल, कर्ण शाह, थारु नागरिक समाज कैलाली संयोजक दिलबहादुर चौधरी, थारु कल्याणकारिणी सभा कैलालीका कार्य बाहक सभापति माधव चौधरी, पत्रकार शिवराज भट्ट, फोनिज पूर्व जिल्ला अध्यक्ष अनत चौधरी, हेमन्त पौडेललगायत शुभकामना मन्तव्य गरेका थिए । फोनिज जिल्ला सदस्य प्रेमलाल चौधरीले स्वागत मन्तव्य गरेको कार्यक्रमको सञ्चालन जिल्ला सचिव राम दहितबाट भएको थियो ।

सोमबार, साउन २७, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.