धनगढी,२३ साउन- गुणस्तरहिन आखद्य बस्तुको विक्रीवितरण रोक्नका लागि बजार अनुगमनमा कडाई गर्नुपर्ने धारणा धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले राखेका छन् ।
बिहीबार नेपाल एग्रो विजनेस ईनोभेसन सेन्टरले धनगढीमा आयोजना गरेको खाद्य स्वच्छता र गुणस्तर मार्फत कृषी ब्यावसायको प्रतिसपर्धि क्षमता अभिबृद्धी कार्यक्रममा बोल्दै नगरप्रमुख वडले बजार अनुगमनका लागि चाडपर्व पर्खेर नबस्न निर्देशन दिएका छन् । बजार अनुगमनको जिम्मेवारी ज जस्को हो सक्रिय भएर बजारमा खट्नुहोस नगरप्रमुख वडले भने, यसका लागि उप–महानगरपालिकाका कर्मचारीहरुलाई पनि निर्देशन दिईसकेका छौं ।
नगरप्रमुख वडले सबैले आ–आफ्नो ठाउँबाट ईमान्दार भएर काम गरेमा बदमासी रोकिने बताए । उत्पादन गर्नेहरुले बिष मिसाएर बजारमा पठाएको तरकारी तिनकै भान्सामा पुग्दैन भन्ने ग्यारेन्टी कहाँ छ र नगरप्रमुख वडले भने, त्यसैले उत्पादन गर्ने र विक्रीवितरण गर्ने सबै सजक हुनुपर्छ । धनगढीमा मात्रै पनि ठूलो मात्रामा बिषत्त तरकारी भित्रीरहेको जानकारी गराउदै नगरप्रमुख वडले भने,त्यो रोक्नका लागि यहाँ तरकारीको उत्पादन बढाउनुपर्छ ।
धनगढी उप–महानगरपालिकाले रैथाने जातका तरकारीलाई प्रवद्र्धन गर्ने किसिमका कार्यक्रमहरु संचालन गरेको छ नगरप्रमुख वडले भने, जैविक तरकारी उत्पादन गर्ने किसान सबै प्राथमिकतामा पर्ने गरेका छन् ।
अखाद्य बस्तुको आयात रोक्ने एउटै बिकल्प भनेको आफु आत्म निर्भर बन्नु हो नगरप्रमुख वडले भने, त्यसका लागि परामर्श, प्रविधी, बजारीकरणमा हामी सहयोग गर्न तयार छौं ।
