धनगढी १८ असार
नेपाली काँग्रेस केन्द्रीय सदस्य डिला संग्रौलाले बिप्लवका कार्यक्रता माथीको गोली प्रहारबाटै सरकारले बिगतझै द्वन्द्व शुरु गरेको आरोप लगाएकी छिन् । सरकार शान्ती शुरक्षाका बिषयमा गम्भिर हुन छोडेर हत्या हिंसामा आफै अग्रसर भइरहेको उनले आरोप लगाएकी हुन् ।
नेपाल प्रेस युनियन कैलालीले धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य संग्रौलाले सरकारका काम काज प्रती आक्रोश पोखेकी छन्् । बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी संग बार्ताबाट निकास निकाल्न छोडेर पार्टीलाइनै प्रतिबन्ध लगाएर सरकारले आफ्नो निरंकुश साशन शैली देखाएको उनको भनाई छ ।
बिगतमा हजारौँ नेपालीको ज्यान जानेगरी भएको सशस्त्र द्वन्द्व पश्चात शान्ति प्रक्रियामा आएर तत्कालिन बिद्रोहीनै सरकारमा भएका बेला सोही पार्टीबाट द्वन्द्वको झझल्को देखिनु देश र जनताका लागी नराम्रो हुने नेतृ संग्रौलाको भनाई छ ।
लोकतन्त्रमा निरकुंश शासन चलाउन छोडेर बिप्लव नेतृत्वको नेकपामाथीको प्रतिबन्ध हटाएर बार्ताका माध्यमबाट समस्या समाधान गर्न उनले सरकारलाई आग्रह गरिन् । लोकतन्त्र ंमाथी भइरहेको प्रहारको नेपाली कागं्रेसले पटक पटक बिरोध गरेपनि सरकारको शैली नसुध्रिएकाले कागं्रेसले आन्दोलननै गर्नुपर्ने अवस्था निम्तीएको उनले बताइन् ।
नेतृ संग्रौलाले सरकारका कुनै कामप्रति सन्तुस्ट हुने अवस्था नरहेको बताइन् । सही काम गर्नुभन्दापनि लोकतान्त्रीक पद्धतीमाथी हस्तक्षेप गर्ने काम सरकारबाट भइरहेको उनले बताइन् । सञ्चार बिधेयक, गठी बिधेयक, मानव अधिकार बिधेयकले ल्याएर सरकारले लोकतान्त्रमाथी प्रहार गरिरहेको उनले बताइन् ।
सरकार भ्रस्टाचारमा ढुवेकाले आफ्ना गलत कुरा बाहिर नआउन भनेर मिडियामाथी अंकुश लाउने किसिमले मिडिया बिधेयक ल्याइरहेको संगौ्रलाको भनाई छ । सरकार सही काम भन्दा गलत काममा मात्रै अग्रसर भइरहेकाले यसको बिरोधमा कागं्रेस सधै लागी रहेको उनले बताइन् । राज्य समिति सदस्य समेत रहेकी नेतृ संगौ्रलाले कैलाली कञ्चनपुरमा हावा हुरीबाट भएको क्षती बारे समेत सरकार गम्भिर नभएको बताइन् । घटना भएको करिब १ महिना पुग्न लाग्दा सम्म प्रदेश तथा केन्द्र सरकारले राहत समेत दिन नसकेको भन्दै उनले आक्रोस पोखिन् ।
