• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सांगठनिक एकता नटुंगिदै नेकपामा ध्रुवीकरण

काठमाडौं, ११ असार ।

नेकपाको एकता प्रक्रियाले पूर्णता नपाउँदै पार्टीको भावी सिद्धान्त के हुने भन्नेमा विवाद चुलिएको छ । सिद्धान्तको बहसमा पूर्व एमाले एकातिर र पूर्व माओवादी अर्काेतिर कित्ताकाट भएका छन् । पूर्व एमाले जनताको बहुदलीय जनवादको पक्षमा देखिएको छ भने पूर्व माओवादी पक्षधर जनताको जनवादको पक्षमा अडिक छन् ।

जनताको बहुदलिए जनवादको शिद्धान्तको आधारमा अघि बढेको तत्कालीन नेकपा एमाले र २१ औं शताब्दीको जनवाद शिद्धान्तको आधारमा अघि बढेको तत्कालीन माओवादी केन्द्रको बिचमा गत बर्ष जेठ ३ गते पार्टी एकता भएको हो । त्यतिबेला जनताको जनवाद सिद्धान्तमा जाने सहमती भएको थियो । दुवै पार्टीले बोकेको सिद्धान्त महाधिवेसनमा छलफलमा लाने र त्यहींबाट राजनीतिक कार्यदिशा तय गर्ने सहमतिका साथ पार्टी एकता भएको थियो ।

माधव नेपाल संयोजक रहेर लेखिएको राजनीतिक प्रतिवेदनलाई सचिवालयले पारित गरी अन्तिम रुप दिन अध्यक्षद्धयलाई जिम्मा दिएको थियो । तर जिम्मा पाएको महिनौसम्म पनि राजनीतिक प्रतिवेदन छापिन सकेको छैन । नेताहरु बिचमा पनि जनताको बहुदलीय जनवादमा जाने कि जनताको जनवादमा जाने भन्ने बहसको विषय बनेको छ ।

पार्टी भित्र सैद्धान्तिक बहस हुनु नौलो र अनौठो होइन । तर पार्टी एकतालाई लम्वाइ राख्न अहिलेको बहस भएको नेताहरुको बुझाई छ । यसवारे अध्यक्षद्धय बेलैमा सचेत हुनुपर्ने तल्लो तहका नेताहरुको सुझाव छ । पूर्व माओवादी पक्षका नेताहरु जनताको जनवादको वकालत गरिरहंदा पूर्व एमाले पक्षधर नेताहरु भने जनताको बहुदलिय जनवादलाई छाड्न नसकिने बताइरहेका छन् ।

नेकपाको एकताले पुर्णता नपाउदै फेरी सिद्धान्त के हुने भन्ने प्रश्न उठिरहेको छ । राजनीतिक विश्लेषकका बुझाईमा राजनीतिक दलहरु सिद्धान्तमा भन्दापनि नेताहरु शक्ति केन्द्रित गर्नतर्फ लाग्दा पार्टी भित्र समस्या उत्पन्न हुने गरेको छ ।

गत शनिवार बसेको नेकपा सचिवालय बैठकमा राजीनितिक सिद्धान्तका बारेमा छलफल गर्ने भनियपनि खासै विषय प्रबेश हुन पाएन । भनिन्छ, कम्युनिष्ट पार्टी भनेकै बिचार र शिद्धान्तका आधारमा चल्ने पार्टी हो । नेकपा गठन भएको १३ महिना बितेको छ तर पार्टी एकताको सम्पूर्ण प्रक्रिया अझै टुंगिन सकेको छैन । पार्टीको सिद्धान्ट स्पष्ट नहुँदा पनि स्पष्ट नेताहरु खुलेर कार्यकर्तामाझ पुग्न सकेका छैनन् । लाग्छ, सिद्धान्तमा स्पष्ट हुन नसक्दा नै पार्टी एकताले पूर्णता पाउन सकिरहेको छैन ।

बिहिबार, असार १२, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति
मुख्यमन्त्रीले किन दिए राजीनामा ?

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.