• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिममा साहित्यिक पत्रकारिताको अवस्था र चुनौतिबारे संगोष्ठी

धनगढी, ८ चैत / धनगढीमा साहित्यिक पत्रकारिताको अवस्था र चुनौति बारे पत्रकारहरुसँग प्रादेशिक संगोष्ठी गरिएको छ। सुदूरपश्चिम  प्रज्ञा-प्रतिष्ठानको आयोजना तथा मिडिया नेपालको सहकार्यमा उक्त कार्यक्रम गरिएको हो।

साहित्यिक पत्रकारिता भन्दा आम पत्रकारिता पुरानो भएता पनि वास्तविक विकास हुन नसकेको प्रति पत्रकार तथा संघोष्ठी कार्यक्रमको कार्यपात्रो प्रस्तोता चित्राङ्ग थापाले चिन्ता व्यक्त गरे। पछिल्लो समयका युवा पुस्ताले साहित्यिक पत्रकारितालाई नजरअन्दाज गरेको र सरकारको तर्फबाट समेत यसको विकासका लागि कुनै पहल हुन नसकेको अवस्था रहेको बताए। सुदूरपश्चिममा विगतमा गुगुल्डी, सुदूर चिनारी जस्ता दर्जनौं साहित्यिक पत्रिका प्रकाशन भएतापनि पछिल्लो समयमा आर्थिक अभावसँगै पाठकको अभावले गर्दा समेत साहित्यिक पत्रकारिता र पत्रिका दुवै ओझेलमा परेको पत्रकार नारायण अवस्थीले बताए।

यस्तै सरकारले पनि आगामी दिनमा विशेष पहल चाल्नुपर्ने देखिएको पत्रकार महासंघ सुदूरपश्चिमका महासचिव शिवराज भट्टले बताए। कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश सरकारका समाजिक विकासमन्त्री मेघराज खड्काले साहित्यिक पत्रकारितालाई पाठकको अभाव हुनु नै साहित्यिक पत्रकारिता धरापमा पर्नुको मुख्य कारण बताए ‌।

यस्तै कार्यक्रमका सभाध्यक्ष तथा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.टि एन जोशीले आफूले पत्रकारिता गर्दा पनि साहित्यिक पत्रकारितालाई विशेष ध्यान दिएको र क्याम्पस तहमा पढ्दै गर्दा पनि साहित्यिक पत्रिकाहरू प्रकाशन गर्दै आएको बताए। आज पनि साहित्य क्षेत्रको विकाससँगै साहित्यिक पत्रकारिताको विकासका लागि तत्पर रहेको र सबैले यसमा हातेमालो गरेर अगाडि बढ्नुपर्ने, साहित्यिक पत्रकारिताको नयाँ अभियान सुदूरपश्चिमबाट सुरुवात गर्नुपर्ने डा. जोशीले बताए।

कार्यक्रमको सभाध्यक्षमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर टिएन जोशी प्रमुखअतिथिमा सुदूरपश्चिम सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्का रहेका थिए।

यस्तै पत्रकार चित्राङ्ग थापा , पत्रकार महासङ्घ कैलालीका निवर्तमान अध्यक्ष हिमालय जोशी पत्रकार महासङ्घ खुदपश्चिम प्रदेशका महासचिव शिवराज भट्ट , पत्रकार महासंघ कैलालीका निवर्तमान अध्यक्ष जगत साउद, पत्रकार नारायण अवस्थी , सँगै कैलालीमा पत्रकारिता गर्दै आएका पत्रकारहरूको उपस्थिति रहेको थियो।

 

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.