• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

नेपालमा दोस्रो अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन हुने, विश्वभरका बैज्ञानिक आउदै 

ललितपुर, १३ चैत / नेपालमा दोस्रो अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन हुने भएको छ । नेपाल मटेरियल्स साइन्स सोसाइटीको आयोजनामा तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सुदूरपश्चिम विश्वविद्यालय, जापानको National Institute of Material Sciences (NIMS), WPI, MANA, अमृत साइन्स क्याम्पस र पुल्चोक क्याम्पसको सह-आयोजनामा विहिवारदेखी सम्मेलन हुने भएको हो । ललितपुरको होटल हिमालयमा ३ दिन सम्म सचालन हुने सम्मेलनमा विश्वभरका ४० बढी ठूला बैज्ञानिकहरू आउने आयोजकले जनाएको छ ।

सम्मेलनको पूर्वसन्ध्यामा बुधवार होटल हिमालय, पुल्चोकमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका प्रतिनिधिहरूले सम्मेलबारे विस्तृत जानकारी दिएका हुन् । सो अवसरमा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरू नेपाल आउन सुरु भइसकेको जनाइएको थियो। नेपाल, जापान, अमेरिका, भारत, चीन, स्विजरल्याण्ड, अस्ट्रेलियालगायत एक दर्जनभन्दा बढी देशका वैज्ञानिक तथा अनुसन्धानकर्ताहरू सम्मेलनमा सहभागी हुनेछन्।

कार्यक्रम संयोजक डा. प्रकाश चन्द्र लोहनीले सम्मेलनका विविध पक्षबारे जानकारी दिँदै विद्यार्थीहरूलाई प्रश्नको लागि फ्लोर खुला गरेका थिए। सहभागी विद्यार्थीहरूले विज्ञान तथा प्रविधि सम्बन्धी विभिन्न जिज्ञासाहरू राखेका थिए।

यस सम्मेलनमा ६ वटा विधामा आधारित रहेर ११४ वटा वैज्ञानिक प्रस्तुतीकरण गरिनेछ। प्रमुख विषयहरू Quantum Mechanics, ऊर्जा भण्डारण तथा रूपान्तरण, हाइड्रोजन उत्पादन, जलवायु परिवर्तनलगायत रहनेछन्।

बिहीबार बिहान ९ बजे नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट) का उपकुलपति प्रा. डा. दिलीप सुब्बाले सम्मेलनको औपचारिक उद्घाटन गर्नेछन्। त्यसपछि विभिन्न Technical Session हरू सञ्चालन हुनेछ।

डा. लोक कुमार श्रेष्ठले वैज्ञानिक अनुसन्धानमा आउने नयाँ पुस्ताले समाजमा परिवर्तन ल्याउन सक्ने उल्लेख गर्दै यस अवसरलाई भरपूर रूपमा उपयोग गर्न आग्रह गर्नुभयो । साथै, उनले विभिन्न देशहरूका प्रविधिहरूको तुलनात्मक अध्ययनसम्बन्धी जानकारी पनि दिनुभयो ।

पत्रकार सम्मेलनमा सहभागीहरूले यस्तो कार्यक्रम गाउँ-गाउँमा पनि गर्नुपर्ने माग राखेका थिए। विज्ञान तथा प्रविधिको ज्ञान विस्तार गर्न देशभर यस्ता सम्मेलन आवश्यक रहेको उनीहरूको भनाइ थियो।

यो सम्मेलनले नेपालका अनुसन्धानकर्ताहरूलाई अन्तर्राष्ट्रिय वैज्ञानिक मञ्चमा आफूलाई प्रस्तुत गर्ने अवसर दिनेछ भने स्नातक, स्नातकोत्तर तथा PhD विद्यार्थीहरूलाई अनुसन्धान तथा प्रविधि विकास (Research & Development) क्षेत्रमा लाग्न थप प्रेरित गर्ने विश्वास गरिएको छ।

कार्यक्रमको सञ्चालन डा. देवल प्रसाद भट्टराईले गरेका थिए।

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.