धनगढी २८ वैशाख/सानीमा रिलाइन्स इन्स्योरेन्स कम्पनी प्रदेश कार्यालय धनगढीले कृष्णपुर नगरपालिका वडा नं ७ कन्चनपुरकी फुलमती रानालाइ मृतक दावी भुक्तानी रकम हस्तान्तरण गरेको छ ।
रानाको घरमै गएर ४ लाख एक्काईस हजार दाबी भुक्तानी रकम भुक्तानी गरेको सानिमा रिलाइन्स इन्स्योरेन्स कम्पनी धनगढीका क्षेत्रिय साखा प्रमुख हेमन्त सिंहले वताए । फुलमतीका श्रीमान मुलचन्द्र रानाको २०८० चैत्र २८ गते मृत्युु भएको थियो । मृतक मुलचन्द्रले सानिमा रिलाइन्स इन्स्योरेन्स कम्पनीमा २ लाख वरावरको विमा गरेका थिए ।
मृतक रानाको ५ किस्ता मात्र विमा भरेका थिए । मृतक मुलचन्द्रकी श्रीमतीलाइ सानिमा रिलान्स इन्स्योरेन्स कम्पनी धनगढीका प्रदेश कार्यालय प्रमुख गणेशप्रसाद उप्रेती र भलभंसा हरिकिसन रानाले मृतक दावी भुक्तानी हस्तान्तरण गरेका हुन । सानिमा रिलान्स इन्स्योरेन्स कम्पनी धनगढीका प्रदेश कार्यालय प्रमुख गणेशप्रसाद पनेरुले मृतक दाबी भुक्तानी रकमले केही मात्रामा मृतकका परिवारलाइ राहात पुग्ने वताए । अहिले पनि विमा गर्नेको संख्या कमै भएको वताउदै प्रदेश प्रमुख पनेरुले भने विमाको दायरा वढाएमा सामाजिक सुरक्षाले सार्थकता पाउने छ ।